काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा गोरखापत्र संस्थान नाफामा रहेको देखिएको हो।
संस्थानको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९र८० मा गोरखापत्र संस्थान ६ करोड २४ लाख रुपैयाँ नाफामा देखिएको हो । अघिल्लो वर्ष संस्थानको नाफा अंक ५ करोड ४८ लाख रुपैयाँ थियो।
अर्थ मन्त्रालयको समीक्षा रिपोर्ट अनुसार संस्थानले अघिल्लो आवको तुलनामा गत आवमा एक करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएको हो।
प्रतिस्पर्धी बजारमा व्यवसायिक गुणस्तर अभिवृद्धि गरेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आएको संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले बताए।
संस्थानका प्रकाशनहरूको समाचार, सामग्रीमा सुधार र बजार सुहाउँदो रणनीति अपनाउँदा नाफाको अवस्थामा पुगेको महाप्रबन्धक ऐरीको भनाइ छ।
ुसंस्थानको बजारीकरण र पारदर्शिता एवम् कर्मचारीको सहयोगका कारण हाम्रो टिमले अवस्थामा सुधार ल्याउन सम्भव भएको हो,ु महाप्रबन्धक ऐरीले भने।
अघिल्लो वर्षको तुनलामा गएको आवमा १६ करोड विज्ञापन आम्दानीमा समेत वृद्धि भएको संस्थानले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १७:३८
काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...
बैशाख १९ गते, २०८३ - १७:००
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...
बैशाख १९ गते, २०८३ - १६:४८
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...
बैशाख १९ गते, २०८३ - १६:३८
तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...
बैशाख १९ गते, २०८३ - १६:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...
बैशाख १९ गते, २०८३ - १६:२०
काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...
बैशाख १९ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...
बैशाख १९ गते, २०८३ - १५:४२
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...
बैशाख १९ गते, २०८३ - १५:३०
काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...
बैशाख १९ गते, २०८३ - १५:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...


प्रतिकृया लेख्नुहोस्: