काठमाडौँ । सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो । सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन् ।
फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका थिए । एनिमलको सफलताबाट तृप्तीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ । अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन् ।
उनको हालै धर्मा प्रोडक्सनको फिल्म धड्क(२ को घोषणा गरिएको छ । फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ती डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य
भूमिकामा देखिने जानकारी दिइएको छ । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् । यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ ।
त्यस्तै उनको अर्को फिल्म ब्याड न्यूज पनि आउने भएको छ । गुड न्यूजपछि धर्मा प्रोडक्सनले चाँडै ब्याड न्यूज ल्याउने भएको छ । फिल्मको स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन् । फिल्ममा तृप्तीले मुख्य नायिकाको रुपमा काम गरेकी छिन् । यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ ।
त्यस्तै भूलभुलैया घ मा पनि तृप्तिले काम गरेकी छन् । अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए । फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् । यो फिल्ममा तृप्ति डिमरी पनि देखिनेछिन् । केही समय अघि उनी फिल्मको पोस्टरमा देखिएकी थिइन् ।
त्यस्तै एनिमलको सिक्वेल भनिएको फिल्म एनिमल पार्कमा पनि तृप्ति आउदै छन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा तृप्ती पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । अहिले यो चलचित्र प्रि(प्रोडक्सन चरणमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: