Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

‘प्रहरी हौँ’ भन्दै काठमाडौंको सुन पसलमा लुटपाट गर्ने एक जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै फरार रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।

उपरीक्षक रेग्मीका अनुसार सो राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा पुगेका थिए । ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएका थिए ।

पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएका थिए । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको उपरीक्षक रेग्मीले जानकारी दिए ।

उनको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy