Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

खबरडबली संवाददाता

काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् ।

अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरु बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन कुर्ता र गमछमा देखिएका छन् । उनी स्वामी विवेकानन्दको मूर्तिको अगाडि बसेर ध्यान गरिरहेका छन् । उनको हातमा माला रहेको छ ।

यस ध्यान मण्डपमको विशेष कुरा यो छ कि यो त्यही ठाउँ हो जहाँ स्वामी विवेकानन्दले देशको भ्रमण गरेपछि तीन दिनसम्म ध्यान गरेका थिए । यहीँ उनले विकसित भारतको सपना देखेका थिए । यस स्थानमा देवी पार्वतीले एक खुट्टामा उभिएर ध्यान गरेको जनविश्वास छ ।

प्रधानमन्त्री मोदी बिहीबार कन्याकुमारी पुगेका थिए । प्रधानमन्त्री दक्षिण भारतको परम्परागत पहिरनमा धोती लगाएर देखिएका थिए । उनले अफ-सेतो रंगको सल लगाएका थिए। कन्याकुमारी पुगेर भगवती अम्मान मन्दिरमा पूजापाठ गरेका थिए ।

प्रधानमन्त्री मोदीको यो आध्यात्मिक बसाइलाई लिएर कन्याकुमारीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उनीहरुको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विवेकानन्द रक मेमोरियलमा प्रधानमन्त्री मोदी नबसेसम्म कुनै पनि आम पर्यटकलाई त्यहाँ जान नदिने बताइएको छ । मोदीको सुरक्षाका लागि एनएसजी कमाण्डो तैनाथ गरिएको खबर पनि छ ।

कन्याकुमारी भारतका लागि धेरै हिसाबले विशेष छ । यो जहाँ भारतको पूर्वी र पश्चिमी तटरेखाहरू मिल्छन्। यो कन्याकुमारीमा अरब सागर, हिन्द महासागर र बंगालको खाडी मिल्छ ।

आम चुनावको अभियान समाप्त भएपछि, मोदी हरेक पटक आध्यात्मिक यात्रामा जान्छन् र २०१९ को चुनाव प्रचार पछि, उनी केदारनाथ गए र वर्ष २०१४ मा उनी शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy