Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहिबार ट्राफिक प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नविन शाही, सान्नीत्रिवेणी गाँउपालिका ५ घर भइ हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटकै रास्कोट नगरपालिका ५ घर भई हाल काठमाडौंको नयाँबानेश्व र बस्ने २५ वर्षीय मुकुन्द शाही रहेका छन् । 

वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित काठमाडौंको पद्मोदयमोडबाट विशाललाई पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ  । नियन्त्रणमा आएका विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाईकल नविनले दिएको बताएका थिए ।

नविनको खोजि गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेश सहित पछाडी सवार नविनलाई समेत काठमाडौंको भृकुटी मण्डपबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका उनिहरुलाई सोधपुछ गर्ने क्रममा आफुहरुलाई ०९ ४३  मोटरसाइकल मुकुन्दले दिएको बताए पश्चाित मुकुन्द समेत काठ्माडौंको बानेश्वदर खरिवोटमा हिजै फेला परेका थिए ।

नियन्त्रणमा आएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त नयाँबानेश्वतर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  । 

विशालले चलाएको ०९ ४३ नम्वरको मोटरसाइकल वास्तविक नम्बर मधेस प्रदेश ०३(०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौंको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८० ३८ नम्वरको मोटरसाइकल वास्तविक नम्बर बाग्मती प्रदेश ०२(०३४ प ८१ ४५ नम्बरको मोटरसाइकल ललितपुरबाट हराएको भनि पिडितले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गरेका छन्  । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने उनको भनाइ छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy