Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चीनद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइको खण्डन

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा हुने युद्धसम्बन्धी प्रस्तावित ‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट अन्य राष्ट्रलाई रोक्न खोजेको भन्ने आरोपको चीनले सोमबार खण्डन गरेको छ । 

सिङ्गापुरमा आइतबार आयोजित एक सुरक्षा मञ्चमा बोल्दै जेलेन्स्कीले बेइजिङले यसै महिना स्विट्जरल्याण्डले आयोजना गर्न लागेको शान्ति शिखर सम्मेलनमा देशहरूलाई आउनबाट रोक्न कडा मेहनत गरिरहेको आरोप लगाएका थिए । 

सिङ्गापुर भेलाले रूसको आक्रमण अन्त्य गर्न आवश्यक शर्तहरूको आफ्नो दृष्टिकोणको लागि व्यापक अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मद्दत गर्नेमा युक्रेन आशावादी रहेको छ । चीनले गत साता उक्त सम्मेलनबारे आफ्नो धारणा राख्दै चीनको सहयोगी रूसले भाग नलिएमा सम्मेलनमा सहभागी हुन कठिन हुने बताएको थियो । 

बेइजिङको विदेश मन्त्रालयले सोमबार भनेको छ, “चीनको अडान खुला र पारदर्शी छ र हामीले अन्य देशलाई दबाब दिएको कुनै उदाहरण छैन ।” “शान्ति वार्तामा चीनको अडान स्पष्ट र न्यायसम्म छ । यसले कुनै पनि तेस्रो देशलाई लक्षित गर्दैन र पक्कै पनि स्विट्जरल्याण्डले आयोजना गरेको युक्रेनी शान्तिका लागि शिखर सम्मेलन पनि चीनको निशाना हुने छैन,” प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भने । 

“सङ्कटको शान्तिपूर्ण समाधानका लागि गरिने सबै प्रयासलाई समर्थन गर्नुपर्छ भन्ने चीनको मान्यता छ,” उनले भने । बेइजिङले युक्रेनको युद्धमा आफू तटस्थ रहेको बताउँदै आएको छ तर रूससँगको रणनीतिक साझेदारीलाई लिएर पश्चिमा मुलुकबाट पनि चर्को आलोचना खेप्नुपरेको छ ।

चीनले रूसलाई प्रत्यक्ष रूपमा हतियार नपठाए पनि सोभियत कालदेखि मस्कोको सबैभन्दा ठूलो रक्षा उद्योग विस्तारलाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना चीन भ्रमण गरेका थिए । 

चीनमा रहँदा उनले युक्रेन युद्धमा रूसलाई चीनको व्यापक सहयोग मागेका थिए । चीनका नेता सी जिनपिङसँग उनीहरूको देशको रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने विषयमा एक संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy