काठमाडौं । देशको सबैभन्दा ठूलो अदालतभित्र यतिबेला कानुनभन्दा शक्ति कसको चल्छ भन्ने लडाइँ सतहमा आएको छ । सर्वोच्च अदालतभित्र न्यायाधीश र अदालत प्रशासनबीचको द्वन्द्व अब गोप्य कोठाको कुरा रहेन, खुला टकरावमै बदलिएको छ ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सोमबार केही अलपत्र रिट तथा निवेदन तत्काल दर्ता गर्न लिखित आदेश दिइन् । तर आदेश जारी भएको केहीबेरमै मुख्यरजिष्ट्रारसहित अदालत प्रशासनका उच्च अधिकारी कार्यकक्ष छाडेर सम्पर्कविहीन बने ।
सर्वोच्च अदालतको इतिहासमै विरलै देखिएको यो घटनाले न्यायालयभित्रै आदेश मान्ने कि नमान्ने भन्ने संकट खडा गरेको छ । अदालतकै कर्मचारीले प्रधानन्यायाधीशको लिखित आदेश अटेर गरेपछि प्रश्न उठेको छ । अदालतभित्रै आदेश नमान्ने अवस्था छ भने बाहिर राज्य संयन्त्रले किन मान्ने ?
विवादको केन्द्रमा छन् प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्मा । अदालत स्रोतका अनुसार अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी केही रिटहरू नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा असर पार्न सक्ने भएकाले दर्ता प्रक्रिया नै रोकेको आरोप लागेको छ ।
कामु प्रधानन्यायाधीश मल्लले आदेशमै मुख्यरजिष्ट्रार विमल पौडेलले “प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशनमा दर्ता नगरिएको” जानकारी दिएको उल्लेख गरेका छन् ।
यसले सर्वोच्चभित्र न्यायिक प्रक्रिया भन्दा शक्ति सन्तुलनको खेल भइरहेको संकेत गरेको भन्दै कानुन व्यवसायीहरू आक्रोशित बनेका छन् ।
नेपाल बार एसोसिएसन ले त यसलाई न्यायमा प्रत्यक्ष अवरोध भनेको छ । बारले मंगलबार लालटिन बालेर विरोध प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेमराज सिलवाल र गीता थापा लगायतका निवेदन दर्ता प्रक्रियामै रोकिएको बताइएको छ ।
संसद्मा समेत यो विवाद पुगेको छ । सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटा ले अदालतको आदेश र त्यसको कानुनी आधारमाथि प्रश्न उठाएका छन् । नेपाल बारले भने अदालतमा विचाराधीन विषय संसदमा छलफल गर्नु नै संविधानविपरीत भएको जिकिर गरेको छ ।
बार अध्यक्ष विजय मिश्रका अनुसार अदालत प्रशासनलाई आफूअनुकूल मुद्दा मात्रै दर्ता गर्ने छुट छैन । अहिले सर्वोच्च अदालतभित्र उठेको प्रश्न केवल एउटा रिट दर्ताको होइन । प्रश्न न्यायपालिकाको विश्वसनीयता, आदेशको मर्यादा र न्यायको पहुँचबारे हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...



प्रतिकृया लेख्नुहोस्: