Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग

खबरडबली संवाददाता

चितवन । यहाँका धेरैजसो किसानले परम्परागत रुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठूला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन । 

तर, यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन् । कम लागतमा धेरै अण्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि किसान र व्यवसायी उत्साहित भएका हुन् । कतिपय विद्यार्थी र यस क्षेत्रमा रुची राख्नेहरु पनि आकर्षित भएका छन् । 

विश्वका विभिन्न देशका विज्ञ र प्रविधि झिकाएर प्रत्यक्ष रुपमा किसानलाई बुझाउने काम प्रदर्शनीमा गरिएको थियो । झापाबाट प्रदर्शनी हेर्न आएका सुवास खतिवडा प्रदर्शनीमा राखिएका प्रविधिहरुको अध्ययन गर्दै थिए । उनले भने, “विदेशमा गएर हेर्नुपर्ने उपकरणहरु यही हेर्न पाउँदा खुसी लागेको छ ।”

भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिनेश कट्टेलले कुखुरापालन  गर्नेलाई प्रदर्शनी निकै फलदायी भएको बताए । पोल्ट्रीसँग सम्बन्धित उपकरण र औषधिका बारेमा हेर्ने र बुझ्ने अवसर पाइएको उनको भनाइ छ । उनले भने, “उपलब्धिमूलक प्रदर्शनी भएकाले यस्ता कार्यक्रम हरेक दुई–तीन वर्षमा हुनुपर्छ ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भेटेरिनरी सङ्काय अध्ययनरत सविना पाण्डे प्रदर्शनीले विद्यार्थीदेखि किसानसम्मलाई अध्ययनका लागि सहज बनाएको बताइन । उनले भनिन्, “हामीले यस्ता सामग्रीको विषयमा अध्ययन गरेका थियौँ । तर अहिले यहीँ प्रत्यक्ष हेर्न पाइयो ।” 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुविर सिंहले प्रदर्शनीमा किसान पाठशालाको संयोजन गरेका थिए । उनका अनुसार तीन दिनसम्म नेपाल, भारत, क्यानडा, ताईवान र मलेसियाका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । तीन दिनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा कुखुरापालन सम्बन्धी अत्याधुनिक प्रविधिका बारेमा किसान, व्यवसायी र विद्यार्थीलाई बुझाउने प्रयास गरिएको थियो । 

विदेशमा जाँदा भाषाको समस्या हुने भए पनि यहाँ सहज रुपमा कतिपय विषय नेपालीमा बुझाइएको थियो । तीन दिनमा दुई सय ५५ जनाभन्दा बढीले  प्रविधिको बारेमा ज्ञान हासिल गरेको उनले जानकारी दिए । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेल नेपालमा यसअघि सन् २०१७ र २०१९ मा प्रदर्शनी गरिए पनि त्योभन्दा अझै राम्रो यो पटक गर्न सकिएको बताउँछन् । यही जेठ १८, १९ र २० गते गरिएको प्रदर्शनीमा विश्वका विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित फार्म, औषधि, दानालगायतका अत्याधुनिक उपकरण प्रविधिका बारेमा प्रदर्शन र पाठशाला सञ्चालन गरिएको उनले जानकारी दिए । 

नेपाल पोल्ट्री महासङ्घ र इण्डिया पोल्ट्री ईक्यूपमेण्ट एशोसिएशनको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनीमा एक सय ५० वटा स्टल रहेका थिए । नेपालमा पहिलो पटक विसं २०४८ मा प्रविधि भित्र्याएर व्यावसायिक कुखुरापालन गर्नुभएका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट प्रदर्शनीबाट नेपाल र भारतीय किसान एवं व्यवसायी लाभान्वित भएको बताउँछन् । 

अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्दा थोरै लागतमा धेरै उत्पादन गर्न सकिने उनले बताए । यसले किसान र कुखुरा पाल्नका लागि आवश्यक उपकरण उत्पादन गर्ने कम्पनीका बीचमा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उनको भनाइ छ । प्रर्दशनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बग्लादेश लगायतका देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending