एजेन्सी । जी–सेभेन (सातको समूह) का नेताहरूले मङ्गलबार अमेरिकी राष्ट्रपति बाईडेनले रेखाङ्कित गरेको इजरायलको विस्तृत सम्झौतालाई समर्थन गर्नुका साथै हमासलाई यो सम्झौता स्वीकार गर्न आह्वान गरेका छन् ।
“हामी, सातको समूह (जी–सेभेन) का नेताहरू गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ, गाजामा मानवीय सहायताको पहुँच र दिगो वृद्धि, र इजरायली सुरक्षा र गाजाको नागरिक सुरक्षाको आश्वासन साथै संकटको स्थायी अन्त्य हुने राष्ट्रपति बाइडेनले उल्लेख गरेको विस्तृत सम्झौताको पूर्ण समर्थन गर्दछौ, जी–७ का नेताहरूले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
“दुई राज्यबीचको सम्बन्ध सुधारका लागि शान्तितर्फको विश्वसनीय मार्गमा हाम्रो समर्थन छ“, उनीहरूले भने ।“ यो सम्झौतामा अगाडी बढ्न इजरायल तयार छ र हमासलाई पनि यो प्रस्ताव स्वीकार गर्न आह्वान गर्दछौं “, जी–७ का नेताहरूले विज्ञप्तिमा बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायलले गाजामा हमाससँग चलिरहेको युद्धको युद्धविरामका मार्ग प्रदान गर्ने नयाँ प्रस्ताव प्रस्तुत गरेको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले कतारका अमिरसँग आज बिहान कुराकानी गरी हमासलाई सम्झौता स्वीकार्नका लागि सबै उपयुक्त उपायहरू अवलम्बन गर्न आग्रह गरे ।
यस हप्ताको सुरुमा बन्धकको रिहाई र युद्धविराम सम्बन्धमा भएको वार्तामा इजरायलले नयाँ प्रस्ताव प्रस्तुत गरेको नयाँ विचारहरूको विवरण खुलासा नगरी वार्तासँग परिचित एक कूटनीतिक स्रोतले मङ्गलबार सिएनएनलाई बताएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: