Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

२० वर्ष दुबईमा रोजगारी गरेर फर्किएका बाबुराम व्यावसायिक पशुपालनमा रमाउँदै

खबरडबली संवाददाता

दाङ। घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका छन्। बीस वर्ष दुबईमा रोजगारी गरेर फर्केपछि उनले ‘बहुउद्देश्यीय कृषि तथा पशुपन्छी’ फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्न थालेका हुन्।

उनका फार्ममा लैना भैँसीसँगै एकनासका पाडापाडी आरामले बसेका देखिन्छन्। बाबुरामले फार्म श्रीमती विमला वलीका नाममा दर्ता गरेका हुन्। महिलाका नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उनको भनाइ छ।

बाबुरामले ३६ वटा भैँसी किनेर व्यवसाय सञ्चालन गरेको बताए। अहिले फार्ममा आठ दुहुना भैँसी र तिनका आठवटा पाडापाडी रहेका भन्दै देउखुरीको बेलामा नौवटा भैँसी रहेका उनले बताए।

“दूध दिँदासम्म आफैँले राख्ने दूध दिन छोडेपछि ९बकेर्नो० भैँसीलाई देउखुरीको बेला गाउँपालिकाका यादव समुदायलाई मासिक रकम दिएर पाल्न लगाउँछौँ। भैँसी बियाउने भएपछि फेरि फार्ममा ल्याउछौँ”, बाबुरामले भने। यसरी आफूलाई पनि सहज भएको र यादव समुदायका बेरोजगार युवालाई केही आम्दानी पनि भएको उनको भनाइ छ।

बिहान–बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पु¥याउने गरेको बाबाुरामले बताउनुभयो । महिनाको रु ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाएर रु तीन लाख ४० हजार आम्दानी भइरहेको उनले जानकारी दिए। आफैँले मोटरसाइकलमा क्यान राखेर दूध घोराही बजारका ग्राहकका घरघरमा पु¥याउने गरेको उनको भनाइ छ।

“आफ्नो काम गर्न लाज मान्नु हुँदैन। पसिनाको कमाई मीठो हुन्छ। भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ”, उनले भने।

गत वर्ष दूध बिक्री गरेर जम्मा भएको रकमले साढे दुई कट्ठा जग्गा थपेको बाबुरामले बताए। “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने भएकाले बाहिरबाट किन्नु पर्दैन,” उनले भने, “गोठको एउटा कोठामा बरसिम घाँस, गहुँको भुस राखेको छु।”

वार्षिक रु २० हजारमा साढे एक बिघा खेत भाँडामा लिएर घाँसखेती गरिरहेको बाबुरामको भनाइ छ। हालसम्म स्थानीय तह वा सरोकार भएका निकायबाट कुनै अनुदान वा तालिम नपाएको भन्दै उनले कहाँबाट कसरी सहयोग लिने भन्ने अनभिज्ञ रहेको बताए।

बाबुरामले भैँसीबाहेक १७ वटा खसी, बोका र बाख्रा पाल्नुभएको छ । “भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ, त्यसमा अलिकति थपे बाख्रालाई पुग्छ। एउटै मेहनतमा दोहोरो फाइदा लिन सकिने भएकाले बाख्रा पनि पालेको हो,” उनले भने।

उनका अनुसार गत वैशाखमा ७० किलोको खसी कटाउँदा रु ५६ हजार आम्दानी भएको थियो। बाख्रापालनबाट दैनिकरुपमा आम्दानी नभए पनि मासिकरुपमा हुने उनको भनाइ छ।

रोल्पाको तिला गाउँपालिका पुरानो बासस्थान भएका वली नेपाल आर्मीमा भर्ना भई तालिम गरी सेनामा आबद्ध भएका थिए। तत्कालीन समयमा मुलुकमा जनयुद्ध चलिरहेकाले सेनाको काम छोडेर भारत गएको उनले बताए। भारतमा छ महिना काम गरेर फर्केपछि रु ८० हजारमा घोराही–६ बचाहामा जग्गा किनेको बाबुरामले जानकारी दिए।

“पछि दुबईका लागि भिसा लगाएर गएँ । २० वर्ष दुबई बसेपछि स्वदेश मै केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्केर पशुपालन थालेको हुँ”, उनले भने, “परिवारसँगै बसेर काम गर्दा विदेशको तुलनामा सहज हुनाका साथै आम्दानी पनि मनग्ये हुने रहेछ ।”

उनले युवालाई विदेश जान रोक्नका लागि तीनै तहका सरकारले सीपमूलक तालिमका साथै रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy