काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै उनले आईटी क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “नेपालमा यस क्षेत्रको ठूलो सम्भावना छ, नेपाललाई आईटीको हवका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।
मन्त्री शर्माले नेपालमा हालै सम्पन्न लगानी सम्मेलनमा विकास र प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताले चासो देखाएको बताइन । उनले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण जरुरी रहेको उल्लेख गरिन ।
सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन । कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको उनले जानकारी दिइन ।
त्यस अवसरमा उनले सरकार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णयबाट पछि नहटेको समेत स्पष्ट पारिन । ढिलै भए पनि एमडीएमएस लागू भएरै छाड्नै उनको भनाइ थियो । मोबाइल आयात सङ्घका अध्यक्ष दीपक मल्होत्राले मोबाइल व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
उनले महासङ्घलाई व्यवसायी, राज्य र उपभोक्ताको पक्षमा लड्न आग्रह समेत गरे । अध्यक्ष मल्होत्राले एमडीएमएस लागू नहुँदा र खुला सीमानाका कारण नाकाबाट अवैध रुपमा मोबाइल भित्र्याउँदा व्यवसायी समस्यामा परेको बताए ।
महासङ्घका अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायीको पीडालाई राज्यले सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि महासङ्घले काम गरिरहेको बताए ।
विस २०७६ पुस १६ गते स्थापना भएको महासङ्घको हाल ७० जिल्ला र सातै प्रदेशमा सङ्गठन विस्तार भइसकेको महासचिव रमेशकुमार घिमिरेले जानकारी दिए । महासङ्घमा हाल २२ हजार व्यवसायी आवद्ध रहेको झण्डै एक लाख व्यक्तिले प्रतक्ष्य रुपमा रोजगारी पाएको महासचिव घिमिरेले बताए । महाधिवेशनमा ७० जिल्ला र सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रतिनिधीहरुको सहभागिता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: