काठमाडौँ । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो ।
यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप बाँच्न सक्छ कि सक्दैन भनेर हेर्नु थियो । स्टारशिप बनाउने कम्पनी स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा पानीमा सफल ल्यान्डिङ भएको जानकारी दिएको थियो । यो परीक्षण पछि, कम्पनीका मालिक एलन मस्कले धेरै प्रयासपछि स्टारशिपले समुद्रमा सामान्य अवतरण गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ुस्टारशिपु भनिन्छ । यसको उचाइ ३ सय ९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुनस् प्रयोग योग्य रहेको छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारशिप प्रणालीलाई मंगल ग्रहमा एकै पटक १०० जनालाई लैजान सक्ने गरि बनाइएको छ ।
यो स्टारसिपको चौथो परीक्षण हो । यस अघि गरिएका तीन परिक्षण विभिन्न कारणले असफल भएका थिए । यसको परिक्षण १ घण्टा ५ मिनेट ४८ सेकेन्ड सम्म गरिएको थियो ।
यस परीक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरियो । यो पुनस् प्रयोगयोग्य यातायात प्रणाली हो । स्टारसिपमा ६ र्याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्याप्टर इन्जिन छन् ।
यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ । मस्कले सन् २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्ने महत्वकांक्षी योजना अन्तर्गत यो परिक्षण गरिरहेका छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्याउन पनि सक्षम हुनेछ ।
मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन्( ुपृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौं भने मानवता त्यहाँ बाँच्न सक्छ ।ु
लाखौं वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।
यो मिसन सफल हुनको लागि यो पनि महत्त्वपूर्ण छ किनभने स्टारशिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो । यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारशिपले चन्द्रमाको मिशनको अन्तिम चरण पूरा गर्नेछ । अन्तरिक्ष यानमार्फत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षमा लैजाने र चन्द्रमामा पनि अवतरण गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १७:०३
काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...
माघ १७ गते, २०८२ - १६:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...
माघ १७ गते, २०८२ - १६:३७
टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...
माघ १७ गते, २०८२ - १६:२९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...
माघ १७ गते, २०८२ - १६:०६
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...
माघ १७ गते, २०८२ - १५:५२
काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...
माघ १७ गते, २०८२ - १५:४६
काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...




प्रतिकृया लेख्नुहोस्: