Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

पूर्वराजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्री मोदी र आडवाणीसँग भेटेको खुलासा

\"gyanendra_rajtantra\"काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बैंकक भ्रमणको बीचमा दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र आरएसएसका कट्टर हिन्दुवादी नेता लालकृष्ण आडवाणीलाई छुट्टाछुट्टै र सामुहिक भेटघाट गरेको सूचना खबरडबलीलाई प्राप्त भएको छ । गत साउन २७ गते नेपाल एयरलाइन्सको विमानबाट बैंकक भ्रमण निस्किएका शाहले सरकारी सुरक्षाकर्मी समेत लगेका थिएनन् । आफ्ना निजी सचिव सागर तिमल्सीनालाई साथ लगाएर बैंकक प्रस्थान गरेका शाहको भ्रमणबारे आजसम्म पनि केही तथ्य बाहिर आएको छैन् । एक हप्ता लामो बैंकक बसाईका क्रममा उनले भारतीय र चिनिँया सरकारी गुप्तचर अधिकृतहरुसँग भेट गरेको उच्च सुरक्षा स्रोतको भनाई छ । भारतीय गुप्तचर अधिकारीमार्फत प्रधानमन्त्री मोदीलाई भेट्न पुगेका ज्ञानेन्द्रले त्यस अघि मोदीका सुरक्षा सल्लाहाकार रहेका अजित डोभाललाई भेटेका थिए । डोभाल भारतमा मोदीका दाहिने हात मानिन्छन् । डोभाल मोदीका सुरक्षा सल्लाहाकार हुनु अघि भारतीय सेनाका उच्च अधिकारी हुन् । उनले श्रीलंका तथा बंगालादेशमा भारतीय सेनाको नेतृत्व गर्दै गुप्तसैन्य अप्रेसन चलाएका थिए । जसलाई भारतको महत्वपूर्ण अप्रेसन मानिन्छ ।
भारतीय गुप्तचर अधिकारीमार्फत प्रधानमन्त्री मोदीलाई भेट्न पुगेका ज्ञानेन्द्रले त्यस अघि मोदीका सुरक्षा सल्लाहाकार रहेका अजित डोभाललाई भेटेका थिए ।
भारतीय प्रधानमन्त्रीसँग भेटघाटको समय भने शाह नेपाल हुँदै तय गरिएको दरबार निकट उच्च स्रोत बताउँछ । ज्ञानेन्द्र र मोदीको भेटघाटको वातावरण भने भारतीय कुटनीतिज्ञ तथा सुरक्षा मामिला हेर्ने केही अधिकारीहरुले मिलाएका थिए । मोदीसँगको भेटघाट पक्का भएपछि मात्र ज्ञानेन्द्र बैंकक प्रस्थान गरेका थिए । शाह बैंकक हुँदै भारत आएपछि नेपालबाट पूर्व युवराज्ञी हिमानी शाह पनि भारत पुगेकी थिइन । शाह परिवार भारत पुग्नुको मुख्य रहस्य मोदीसँगको भेटघाट रहेको खबरडबलीलाई उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । भाद्र २ गते दिल्ली पुगेका शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र लालकृष्ण आडवाणीलाई करिब ३ घण्टा भेटेका थिए । भेटका क्रममा नेपालको संविधान निर्माण प्रक्रिया, संघियता र राजतन्त्र पूनःस्थापनाका विषयमा छलफल भएको स्रोत बताउँछ । भारतीय प्रधानमन्त्री मोदीले राजतन्त्र पूनस्र्थापनका विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएको दरबार निकट स्रोतको दावी छ । ज्ञानेन्द्रका नाती ह्दयन्द्रलाई ‘बेबी किङ’को रुपमा पूनस्र्थापना गर्ने कुरामा समेत शाह र भारतीय संस्थापन पक्षबिच छलफल भएको बुझिएको छ । स्रोतका अनुसार सयुंक्त भेटघाट सकाएर शाहले मोदी, सिंह र आडवाणीसँग छुट्टाछुट्टै भेटवार्तासमेत गरेका थिए । नेपालको मधेश केन्द्रित आन्दोलन र हिन्दु राष्ट्रको पक्षमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल भएको थियो ।
भेटका क्रममा नेपालको संविधान निर्माण प्रक्रिया, संघियता र राजतन्त्र पूनःस्थापनाका विषयमा छलफल भएको स्रोत बताउँछ ।
मधेसमा भइरहेको आन्दोलन तथा हिन्दुवादी आन्दोलनलाई समेत उचाल्ने सहमति भारतीय पक्षसँग शाहले गरेका छन् । भारतीय संस्थापन पक्षले नेपालका शिर्ष नेताहरुले गरेको १६ बुँदे सहमतिबाट आफूलाई नेपालका नेताहरुले ‘इग्नोर’ गरेको रुपमा बुझेको छ । नेपालको संविधान निर्माण प्रकृयामा हावी हुन चाहेको भारत अहिले आफू अनूकुलको संविधान चाहन्छ भन्छन् परराष्ट्र मामिलाका एक विज्ञ । उनी भन्छन्, –‘भारत नेपालमा अस्थिरता चाहन्छन् र अस्थिरताकै बीच उ भारत पक्षधर नेपालका रजानीतिक नेताहरु हावी हुनेगरी नयाँ संविधान ल्याउन चाहन्छ ।’ भारतको सोही रणनिति मुताविक उसले अन्तिम अस्त्रको रुपमा पूर्वराजा ज्ञानेन्द्रलाई प्रयोग गरिरहेको समेत उनको बुझाई छ । पछिल्लो पटक नेपालका मुख्य दलका मुख्य नेताहरुले भारतीय स्वार्थलाई महत्व नदिएको भन्ने भारतीय बुझाईमा राजतन्त्र फर्काउनेसम्मको अन्तिम खेलमा भारत संलग्न रहेको हुनसक्ने उनको अनुमान छ । भारतीय पक्ष मुख्यत नयाँ संविधानमा नगरिकता, धर्मनिरपेक्षता र मधेशमा निर्माण हुन लागेको प्रदेशको बारेमा असन्तुष्ट छ । भारतीय प्रधानमन्त्री मोदी स्वंय कट्टर दक्षिणपन्थी हिन्दुवादी हुन् । उनी नेपाल धर्मनिरपेक्ष मुलुक भएको हेर्न चाहँदैनन् भने अर्कोतिर भारतले नेपालको राजनीतिमा आफ्नो पकड गुम्दै गएको बुझाइ राखेको छ । पछिल्लो समय नेपालका राजनीतिक दलका शिर्ष नेताहरुले भारतीय स्वार्थमा काम गर्न छाडेको धारणा राख्दै उ एउटा त्यस्तो बलियो शक्ति या संस्थाको खोजीमा रहेको छ जसले भारतीय स्वार्थ पुरा गराउन सहयोगी भूमिका खेलोस । सोही बुझाई अनुरुप नेपालमा राजतन्त्र पूनस्र्थापना गराउन सके त्यो नै आफ्नो वास्तविक मित्र हुने ठानेर पूर्वराजा शाहलाई ‘आफ्नो साथ रहने’ बताएर पठाएको स्रोतले उल्लेख गरेको छ ।
केही नमिलेका विषयमा पछि सहमति गर्नेगरी संविधान चाँडो ल्याउने निष्कर्षमा नेताहरु पुगेको स्रोत बताउँछ ।
भारतीय प्रधानमन्त्री मोदी स्वंय कट्टर दक्षिणपन्थी हिन्दुवादी हुन् । उनी नेपाल धर्मनिरपेक्ष मुलुक भएको हेर्न चाहँदैनन् भने अर्कोतिर भारतले नेपालको राजनीतिमा आफ्नो पकड गुम्दै गएको बुझाइ राखेको छ । भारतीय योजना अनुसार मधेस केन्द्रित आन्दोलनमा व्यापक घुसपैठ गराउने र मधेसीका नेताहरुको हातबाट आन्दोलन आफ्नो हातमा लिने रहेको बुझिएको छ । हिन्दुवादी आन्दोलनको अप्रत्यक्ष नेतृत्व स्वंयम ज्ञानेन्द्रले गर्नेछन् । दुबै आन्दोलन चर्काउदा नेपालको सुरक्षा अवस्था र राजनीतिक नेतृत्व पनि असफल भएको निँहुमा राजतन्त्र पूनस्र्थापना गर्ने, हिन्दु राष्ट्र घोषणा गर्ने योजना रहेको छ । के गर्लान नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहले दिल्लीमा गरेको भेटघाटका बारेमा नेपालका मिडियामा खासै समाचार नआए पनि उच्च सुरक्षा अधिकारी तथा राजतीनिक दलका शिर्ष नेताहरु भने यसबारे अनभिज्ञ छैनन् । गणतन्त्रपक्षधर राजनीतिक दलहरुका बीच राजतन्त्र फर्काउने भारतीय चलखेललाई कसरी बिफल बनाउने भन्नेबारे शिर्ष नेताहरुबीचमा छलफल समेत भएको नेताहरुले अनौपचारिक छलफलमा बताउने गरेका छन् । मुख्यत नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेता बाबुराम भट्टराई लगायतका नेताहरुले यस विषयमा छलफल समेत गरिसकेको छलफलमा सहभागि एक नेताले जानकारी दिएका छन् । भारतीय योजनालाई विफल बनाउनेमा सबै नेताहरु सहमत भएपनि कसरी भन्नेमा मतएैक्यता छैन् । एक शिर्ष नेताका अनुसार आन्दोलनरत दलका गणतन्त्रवादी नेताहरुलाई समेत एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय योजनाका बारेमा जानकारी गराइसकेका छन् । गणतन्त्रवादी सबै दल र नेताहरुलाई एकाठाउँमा उभ्याउने र केही नमिलेका विषयमा पछि सहमति गर्नेगरी संविधान चाँडो ल्याउने निष्कर्षमा नेताहरु पुगेको स्रोत बताउँछ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy