Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

भारतमा उष्ण लहर अझै बढ्ने खतरा

खबरडबली संवाददाता

एजेन्सी । भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् । 

भारतीय मौसमविद्ले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् । उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । 

लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग (आइएमडी) का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उल्लेख गरेका छन् । यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्दपी महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिए । 

यदि सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उनले बताए । भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिले भने भारत विद्युत उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । 

“मानव गतिविधि, बढ्दो जनसङ्ख्या, औद्योगीकरण र यातायात संयन्त्रले कार्बन मोनोअक्साइड, मिथेन र क्लोरोकार्बनको एकाग्रता बढाइरहेको  महापात्रले  उल्लेख गरे । हामीले आफूलाई मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि खतरामा पार्दैछौँ ।

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ । पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९.२ डिग्री सेल्सियसको उच्च  रेकर्डमा पुगेको छ । तापक्रम वृद्धिसँगै देशबासीले गर्मीबाट राहत खोज्दा बिद्युत ग्रिडमा आठ हजार ३०२ मेगावाटको उच्च रेकर्डको माग पुगेको छ । 

मे २९ मा, दिल्लीको उपनगर मुङ्गेशपुरको एक स्वचालित मौसम स्टेसनले ५२.९ डिग्री सेल्सियसको उच्च तापक्रम रेकर्ड गरेको खबर पत्रपत्रिकामा आएको थियो तर सरकारी अधिकारीले उक्त तापक्रम सेन्सरको त्रुटिपूर्ण परिणाम भएको जनाएको थियो । दिल्लीका अन्य ठाउँका १७ अन्य सहरका स्टेसनहरूले सोही दिन अधिकतम ४९ डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE