एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि सोमबार प्रधानमन्त्री किसान कोषको १७ औँ किस्ता जारी गर्दै नयाँ कार्यकालको सुरुवात गरेका छन् । यस योजनाले ९.३ करोड किसानलाई लाभान्वित गर्ने र लगभग २० हजार करोड भारतीय रूपैयाँ किसानलाई वितरण गर्नेछ ।
“हाम्रो सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध भएकाले कार्यभार सम्हालेपछि हस्ताक्षर गरिएको पहिलो फाइल किसान कल्याणसँग सम्बन्धित रहेको र आउँदो समयमा कृषि क्षेत्रका लागि अझ बढी काम गर्नेछौँ,” प्रधानमन्त्रीको कार्यालय प्रवेश र फाइलमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीका अघिल्ला दुई कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इन्डियाजस्ता धेरै प्रमुख पहलहरू भएका छन् ।
नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा भव्य समारोहबीच तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको रूपमा सपथ लिएका थिए । समारोहमा राष्ट्रपति द्रौपदी मूर्मुबाट प्रधानमन्त्री, ३० पूर्णमन्त्री र ४१ राज्य मन्त्रीसहित कूल ७१ जनालाई पद तथा गोपनियताको शपथ लिएका थिए ।
छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका धेरै नेताहरू र राज्य प्रमुखहरूलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा विशिष्ट पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो । सहभागीतालाई भारतको ‘छिमेकी पहिले’ नीतिको एक हिस्साका रूपमा व्याख्या गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: