Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

सशस्त्रको सुरक्षा युनिट हुदै भित्रिएको सामान भन्सारको नियन्त्रणमा, प्याज तस्करको ट्रान्जिट प्वाइन्ट त्रिलोकपुर नाका

खबरडबली संवाददाता

भैरहवा । भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हो । 

चोरी निकासी भइरहेको छ भन्ने सूचना आएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमको नेतृत्वको टोलीले आइतबार राती मर्चवारको गैरगट्टीबाट प्याज सहितको २ ट्रक र रुपन्देहीको सियारी अमुवाबाट १ पिकअप कपडा, कस्मेटिकका सामान बरामद गरेको हो । गौतमका अनुसार मर्चवार क्षेत्रबाट अवैध कारोबार भइरहेको खबर आउनासाथ  राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकबाट १४० बोरा प्याज सहित गाडी नियन्त्रणमा लिएको बताए । भन्सार गश्ती टोलीलाई देखेपछि गाडीका  दुईवटै चालक फरार भएका थिए । प्याज त्रिलोकपुर नाकाबाट आएको हो, अहिले यो नाकाबाट आधा दर्जन बढि पिकअपमा प्याजको तस्करी हुने गरेकोे छ । 

यस्तै भैरहवा भन्सार गश्ती टोलीले अमुवाबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छलि गरिएका भित्रि बस्त्र, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका सामान पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शुन्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने ठोस प्रमाण हो । रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु आएसँगै अवैध बस्तु नियन्त्रण ठूलो मात्रामा हुने गरेपनि यो संख्या अहिले निकै घटेको छ ।

सयौँ सुरक्षा संयन्त्र हुदा पनि सुरक्षा टोलीले समान नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथी शंकाको प्रश्न हो । यदि शंका नभए अहिले सम्म सुरक्षा निकायले किन समात्न सकेको छैनन । सुरक्षा निकाएले खुला सिमाना नै चुनौती रहेको बताउदै गर्दा आम सर्वसाधरणले घरयासी प्रयोजनका लागि ल्याउने सामानमा कडाई गर्ने गरेको प्रहरीले तस्करहरुलाई छुट गरेको पाइन्छ । 

सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाएपनि ठूला तस्करहरुलाई छुट सरह छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु फेरिएसँगै दैनिक जसो ठूलो परिमाणमा अवैध बस्तु बरामद भएपनि अहिले यो क्रम घटेको छ । अहिले फाटफुट र न्यून मात्रामा मात्रै अवैध सामान बरामद भइरहेको छ ।

भन्सार प्रमुख गौतमले हामीले पाएको गोप्य सूचना र लोकेशनको आधारमा सक्रियता बढाएका छौ । आइतबार मात्रै ३६ लाख ८० हजार मुल्य बराबरको अवैध सामान र गाडी नियन्त्रणमा लिएका हौ । गस्ती टोलीले पनि छड्के निरिक्षण गदै अवैध गतिविधीलाई न्यूनिकरण गर्ने तर्फ भन्सार कार्यालय लागेको छ । भारतले प्याज निर्यात खोलेपनि निर्यात कर धेरै भएपछि तस्करहरुले अवैध रुपमा प्याज नेपाल भित्रयाइरहेका छन । जुन रुपमा भन्सारबाट प्याज आउनु पर्ने हो त्यो अवस्था अहिले छैन ।

रुपन्देहीका विभिन्न नेपाल–भारत सिमा  क्षेत्रहरुबाट भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन । मुद्रास्फीति नियन्त्रणका लागि भारतले समय समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाउदै आएको छ, जस्को फाइदा सिमा क्षेत्रका तस्करहरुले लिइरहेका छन । प्याज निर्यातमा प्रतिबन्ध भएपछि सिमामा अवैध रुपमा प्याजको कारोबार हुने गरेको छ । अहिले भने निर्यात प्रतिबन्ध भारतले हटाएर निर्यात कर लगाएपछि तस्करहरु अवैध कारोबारमै लिप्त छन ।

अवैध रुपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट केही महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ । तर अहिले भने नगन्यमात्रामा मात्रै प्याज बरामद भइरहेको छ । 

भारतले २०२३को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटेपनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको  छ जसले प्याजका तस्करहरु अझै सक्रिय छन । 
नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’
भैरहवा भन्सारबाट पछिल्लो ५ महिनामा प्याजको आयात नै थियो भारतले निर्यात हटाएपछि केहीमात्रामा भने प्याज भित्रिएको छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ ।

भारतका सिमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउदै अवैध आयात बढेको हो । भारतमा सरदर प्रति किलो २० रुपैया भारुमा प्याज फुटकर विक्री भएको छ भने नेपाल तर्फ सरदर ६५ रुपैयामा कारोबार भइरहेको छ । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो ।

रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र इरिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरुले पिकअप र मिनी ट्रकमा प्याज भित्रयाईरहेका छन । तस्करका भरियाहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३/४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने गरेका छन् । दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् । सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरुको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरुको मुख्य नाका रहेको छ । भारतिय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरुको रोजाईमा यि नाकाहरु रहेका छन । एउटै नाकामा धेरैको नजर रहेकोले बाडिएर काम गरेका तस्करहरु अहिले समूह समूहमा भई काम गरिरहेका छन । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन । उनीहरुले एसपीका घुमुवाहरु मार्फत लाइन मिलाएको बताइरहेका छन ।    

सिमाक्षेत्रबाट आएका प्याज बसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् । खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व घाटा भइरहेको छ । एकातर्फ राजस्व गुमेको छ नै, मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै यि प्याज धमाधम तस्करीको माध्यमबाट नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर गर्ने पलान्ट क्वारेन्टाइनलेले जानकारी दिएको छ  ।

बिरबहादुर जयसवाल, नरेश जयसवाल(टासे), प्रविन जयसवाल, मनोज यादव, प्रेम यादव, गौरी लगायतका तस्करहरुको एक समूह छ भने सुदेश जयसवाल, राकेश जयसवाल, सहाबुद्दीन फकीर, रामवेलाश जयसवाल, रामशरन यादवको अर्को समूह छ । यस्तै पिन्टु यादव, पप्पु, पवन, नारायण, गुड्डुको नेतृत्वमा पनि समूह छ । यी समूहले जिल्लाका सबैलाई मिलाएर काम गरिरहेको दाबी गर्छन । समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकका प्रहरीहरु मार्फत काम भइरहेको बताउछन । समूहले काम गर्ने नाका क्षेत्रमा पर्ने सबै चौकी, इलाका प्रहरी, विओपी र सुरक्षा निकायका प्रमुख समेतलाई सेटिङ गरेको बताउछन । हामीले मासिक बुझाउछौ तर उताबाट कपडाको काम गर्न नदिने आदेश छ,  अरु कामका लागि सेटिङ भएको नाम नबताउने शर्तमा माथी उल्लेखित एक तस्करले भने । एउटा समूहले मात्रै १५ लाख बढि मासिक सेटिङमा खर्चेको दाबी गरेको छ । न्युजकारखाना

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending