Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा दोषी ठहर

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । 

राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागु औषधको नशामा सन् २०१८ मा हाते बन्दूक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो । हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा  र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समय यो निर्णय आएको हो । 

बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले भने, “म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौं, र हामी आजको उनीमाथि निकै गर्व गर्छौं ।” उनले भने, “आफ्ना प्रियजनहरू कुलतमा फसेपछि सङ्घर्ष गरिरहेका धेरै परिवारले यसबाट बाहिर निस्केका व्यक्तिहरूको भावनालाई बुझ्छन् यसप्रति गर्भ गर्छन् ।”

यस मुद्दाको नतिजा स्वीकारर्ने बताउदै हन्टरले अपिलपछिको न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए । बाह्र सदस्यीय न्याधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो । अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा दश वर्षसम्म, लागुऔषध दुब्र्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्म र बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । 

यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन् तर २५ वर्षसम्म जेल सजाय भोग्ने सम्भावना भए पनि पहिलो पटकको अपराधीका रूपमा हन्टरलाई जेल सजाय नहुन सक्छ । नोभेम्बरको राष्ट्रपति चुनावमा जो बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको व्यापार अपचलनको आरोपमा दोषी ठहर भएको दुई हप्ताभन्दा कम समयमा यस्तो फैसला आएको हो । 

हन्टरको सजायँले क्यालिफोर्नियामा कर चोरीको आरोपको अर्को मुद्दाको कार्यवाहीमा अपराधमा दोषी ठहरिएका पूर्वराष्ट्रपति ट्रम्पमाथि चुनावी ध्यान केन्द्रित गर्ने डेमोक्र्याटहरूको प्रयासलाई जटिल बनाएको छ । हन्टरका भाइ ब्युको सन् २०१५ मा क्यान्सरबाट मृत्यु भएको थियो । उनकी बहिनी नाओमीको सन् १९७२ को कार दुर्घटनामा मृत्यु भएको थियो भने यसै घटनामा जो बाइडेनकी पहिलो पत्नी निलियाको पनि मृत्यु भएको थियो । 

येलमा प्रशिक्षित वकिल र लोबिस्टबाट कलाकार बनेका उनीमाथि सन् २०१८ मा ३८  क्यालिबर रिभल्भर खरिद गर्दा अवैध रूपमा लागुऔषध प्रयोग नगरेको भन्दै झुटो बयान दिएको आरोप लगाइएको थियो । उनीमाथि अवैध रूपमा बन्दुक राखेको आरोप पनि लगाइएको थियो, जुन उनीसँग त्यस वर्षको अक्टोबरमा मात्र ११ दिनका लागि थियो । 

राष्ट्रपतिको छोराले लतको बारेमा निस्वार्थ रूपमा लेखी रिभल्भर किनेको समयमा आफू लतमा नभएको भन्दै आरोपको खण्डन गर्दै आएका छन् । उनी लामो समयदेखि कट्टर–दक्षिणपन्थी रिपब्लिकनहरूको निशाना बनेका छन्, भने ट्रम्पका सहयोगीले भ्रष्टाचार र प्रभाव–हेरफेरको आरोपमा काङ्ग्रेसमा उनको लामो अनुसन्धान गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending