नवलपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
त्यस अवसरमा उनले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताइन् । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत बताइन् । ‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’
मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताइन् । खास गरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उनको भनाई थियो । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले बताइन् । ‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भनिन्, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ । किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’
त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरूको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको बताइन् । यसको दिगो सञ्चालनको लागि सबैले सहयोग गर्नुपर्ने अभियन्ता घर्ती मगरको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: