Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

खबरडबली संवाददाता

काठमाडाैं । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उनिहरु सामान्य जीवनमा फर्कन्छन् । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ । 

नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गरेका हुन् भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ । बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला ? कुमारीपछिको सङ्घर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ ।

नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक सङ्घर्ष उजागर गर्न खोजिएको छ । बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के–कस्ता असर पर्छन् ? यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार सङ्गीता उराँवले बताइन् । 

“एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ”, उनले भनिन्, “छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन् । यसलाई चिर्न सङ्घर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो ।”

नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौंमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताए । संस्कार संस्कृति र इतिहास नाटकमार्फत देखाउने इच्छा गर्दै जाँदा उनले कुमारीबारेमा अध्ययन गरे । 

इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उनले बताए । यतिधेरै पौराणिक इतिहास बोकेको कुमारी संस्कृतिलाई नाटकमार्फत देखाउन उनले लेखन थालेका हुन् । “कुमारी संस्कृति युवा पुस्तामा बुझ्न र बुझाउन जरुरी छ”, उनले भने, “यस विषयमा नाटक लेख्दै गर्दा आधुनिक युवतीले कुमारी सङ्केत गर्दै भाग्नुपरेको वेदना पनि समेटेको छु ।”

नाटकमा कलाकार मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागाई (बालकलाकार)ले अभिनय गरेका छन् । अनुप तिमिल्सिनाले सङ्गीत परिकल्पना तथा संयोजन गरेका छन् । पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष सङ्गीत दिएका छन् । 

नाटकको नेपथ्यमा झकेन विसी, मञ्च निर्माणमा निराजन डोटेल र हिमाल भुजेल, सञ्चार संयोजकमा किरण पराजुली, निर्माण नियन्त्रणमा सरस्वती न्यौपाने, पोस्टरमा राजन काफेले, कोरियोग्राफीमा जेडी तमु, वेषभूषामा अग्निचक्षु समूह, बजार व्यवस्थापनमा चक्रप्रसाद पोखरेल, प्रकाश परिचालन एवं मञ्च प्रबन्धमा हिमाल भुजेलले गरेका छन् । नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending