Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जनतालाई आशा र भरोसा जगाउने काम गरेका छौँः रक्षामन्त्री उप्रेती

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताएका छन् । 

रक्षा मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकाशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । मन्त्री उप्रेतीले भने, “राष्ट्रिय गौरवलगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ ।”

त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराएका थिए । उनले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको  काठमाडौ–तराई–मधेस दू्रतमार्गको  भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिए । 

आयोजनाको समष्टिगत कार्ययोजनाअनुरुप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म दूतमार्गको छ दशमलव पाँच किमीदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिइयो । 

द्रुतमार्ग सडक आयोजनाअन्तर्गत भएका जग्गा अधिग्रहणमा लाग्दै आएको पुँजीगत लाभकर नलाग्ने, सेनाद्वारा निर्माणाधिन विभिन्न सडक करिडोर आयोजनामा कार्यरत सुरक्षाकर्मीको मनोबल बढाउन जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धीत निकायमा समन्वय गर्ने कार्य भइरहेको जानकारी उनको भनाइ थियो । 

सो अवसरमा रक्षामन्त्रालय मातहतको रु एक अर्ब ७९ करोड  २० लाख  बेरुजु फछर्यौट भइ उल्लखनीय प्रगति हासिल भएको जानकारी दिइयो । यसअवधिमा सुरक्षा र प्रतिरक्षासम्बन्धी पुस्तक तथा दस्तावेज सङ्कलन र संरक्षण गर्ने उद्देश्यले बाचनालायको सुविधासहितको पुस्तकालय सञ्चालनमा आएको, चीन सरकारबाट नेपाली सेनालाई सहयोगस्वरुप प्राप्त भई हालसम्म प्रयोगविहीन विभिन्न प्रकृतिका ९५ वटा सवारी साधन दर्ता प्रक्रियामा अघि बढाइएको जानकारी दिइयो ।

विगतमा कोभिड–१९ को व्यवस्थापन गर्ने उद्देश्यले सरकारको निर्णयअनुसार विभिन्न सात स्थानमा सेनाद्वारा निर्माण भएका होल्डिङ सेन्टरको आगामी दिनका व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने लगायतका काम भइरहेको पनि बताइएको छ । 

राष्ट्रियसेवा दल सम्बन्धित विधेयकको मस्यौदालगायत सैनिक सेवा नियमावलीमा संशोधन गर्ने मस्यौदा तयार गर्ने, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवासम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास निर्माण समिति गठन आदेशको म्याद एक वर्ष बढाउनेलगायतका काम यस अवधिमा सम्पन्न भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।

त्यस अवसरमा रक्षामन्त्रालयका सचिव किरणराज अर्याल र नेपाली सेनाका वलाधिकृत रथी अशोक सिग्देललगायत सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending