Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

तिलगंगा क्षेत्रका १ सय घरटहरा हटाउने तयारीमा पशुपति क्षेत्र विकास कोष

खबरडबली संवाददाता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि  घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान १५ दिने सूचना जारी गरेको हो । म्यादभित्र ती संरचना नहटाए कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने कोषले जनाएको छ । 

सो क्षेत्रका झन्डै १ सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार  सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ । 

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितहरूले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले १५ दिने सूचना जारी गरेको हो । कोषले सो क्षेत्रबाट कच्ची, पक्की घर, टहरा, गोठ, पर्खालसमेत भत्काई लैजान भनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे ...

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात क...

क. निर्मल लामाको संस्मरणःमाओलाई भेट्ने सपना

डा‍. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ...

१०३ च्याङ्ग्रा चोरेको आरोपमा एकजना पक्राउ

पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपाल...

‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २...

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy