Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

जिम्मेवारी अनुसार काम नगरी मन्त्रीहरू सामाजिक सञ्जालमा लाइक बढाउन लागेको गगन थापाकाे आरोप

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  नेकपा एमाले सरकामा छ पनि छैन पनि भनेका छन् ।   शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

साेक्रममा थाले भने, ‘नेकपा (एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ । हेर्दा खेरी मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि । तर नागरिकको बिचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको । सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा(एमाले) सरकारमा रहिरहन चाहन्छ । सबै खेलो फड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन ।’

नयाँ  दलहरूले लोकरिझ्याँइ बाहेक केही नगर्ने

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताउँदै  नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारी अनुसारको काम नगरी सामाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको आरोप लगाए ।  थापाले भने, ‘नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरू केही पनि छैन । कसरी हुन्छ, के गर्ने, जे गर्दा खेरी सामाजिक सञ्जालमा साँझ दुईवटा मान्छेले गर्ने लाइक बढ्छ, बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला रु आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला रु त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चार जना बढीले टिकटिकमा हेर्छन् । जिम्मा लिएको छ, जिम्मेवारीमा बसेको छ । उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरू भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन । खालि मानिसहरूको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरूको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन ।’

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा भएन

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउँदै  प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको बताए  ।  उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । 

उनले भने, ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलि पनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जाने वाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मुलतस् एमाले र माओवादी पार्टीहरूको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो रु के गर्ने हो रु उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले रु केही पनि छैन । खेलो फड्को गर्ने, प्रधानमन्त्री यता आए पनि बन्ने । उता आए पनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने योभन्दा एक वर्ष अगाडी उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन । तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो रु उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन ।’ 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।  न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे ...

अजिरकाेटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ पदार्थ बिक्रीमा राेक

गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात क...

क. निर्मल लामाको संस्मरणःमाओलाई भेट्ने सपना

डा‍. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ...

१०३ च्याङ्ग्रा चोरेको आरोपमा एकजना पक्राउ

पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपाल...

‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उडे योगेश

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy