Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

खुम्चियो प्रदेशको बजेट, अनुदानकै भरमा संघियता

खबरडबली संवाददाता

काठमाडौं । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान ९बजेट० घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो । 

असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ल्याइएको सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । 

आगामी आर्थिक वर्षका लागि सबै 

प्रदेशले कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले कम हो । चालु आवका लागि प्रदेशले दुई खर्ब ८० अर्ब ४० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । खास गरी आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र सङ्घले कतिपय शीर्षकका अनुदान नै  कटाएपछि बजेटको आकार घटाउनुपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले जनाएका छन् । 

ठुलो बागमतीको, सानो कर्णालीको 

चालु आवमा ३६ अर्ब ७४ करोड रुपियाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । त्यस्तै मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपियाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपियाँको बजेट ल्याएको छ । 

सबैभन्दा ठुलो आकारको बजेट प्र्रस्तुत गरेको बागमती प्रदेशले भने बजेट बढाएको छ । बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो । चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो । 

गण्डकी प्रदेशले पनि चालु आवको तुलनामा करिब एक अर्ब रुपियाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपियाँको बजेट ल्याएको थियो । लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली सरकारले पनि दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपियाँको बजेट ल्याएको छ । चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो । 

आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले भने आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ पु¥याएको छ । चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट ल्याएको थियो । 

अनुदानकै भर 

प्रदेश सरकार गठन भएको सात वर्ष पूरा हुँदा पनि प्रदेश सरकारहरूले आन्तरिक राजस्व बढाउन नसक्दा सङ्घकै अनुदानका भरमा बजेट निर्माण गर्नुपरेको छ । बजेट निर्माणको यस्तो प्रवृत्ति आगामी आवमा पनि निरन्तरता पाएको देखिएको छ । प्रदेश सरकारहरूले खर्च जुटाउने मुख्य स्रोतका रूपमा सङ्घबाट वित्तीय हस्तान्तरण भई आउने समानीकरण, समपूरक, विशेष र ससर्त अनुदान साथै राजस्व बाँडफाँटको रकमलाई लिएका छन् । यसबाहेक चालु आवमा खर्च नभई बचत रहेको रकम पनि प्रदेश सरकारहरूले ठुलो खर्च स्रोतका रूपमा गणना गरेका छन् ।  

प्राथमिकतामा पूर्वाधार र उद्यमशीलता

प्रदेशहरूले आफ्नो आवश्यकता र अनुकूलतामा बजेटमा प्राथमिकता क्षेत्र निर्धारण गरेका छन् । सबै प्रदेश सरकारको मुख्य प्राथमिकता भने पूर्वाधार निर्माण र उद्यमशीलता परेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गर्नुभएको बजेटमा सडक पूर्वाधार, खानेपानी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन् । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद शाहले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटले सडक निर्माण र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ । 

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले प्रस्तुत गर्नुभएको बजेटले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन कृषि र पर्यटनलक्षित कार्यक्रमका लागि इन्भेस्ट गण्डकी कार्यक्रम सञ्चालन गर्ने भएको छ । बजेटमा विगतकै कार्यक्रमलाई निरन्तरता दिएको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले कृषिलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ । 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्रस्तुत गर्नुभएको बजेटले आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकता तय गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रस्तुत गर्नुभएको बजेटले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर कुल बजेटको एक तिहाइ बजेट विनियोजन गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किशाेरी बलात्कार आराेपमा भरतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडाै‌मा १९ वर्षीय किशाेरी बलात्कार गरेको आराेपमा भरतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौ...

दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीलाई दुई वटा पदक

काठमाडौं । काठमाडौंमा सम्पन्न दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीले २ वटा पदक हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी परिवार ...

बालगायिका टेरेसाको गीत मनको कथा सार्वजनिक ९भिडियो

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा मेरो मनको कथा बोलको गीत सार्वजनिक गरिएको छ । ग...

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ । गोली लागेलगत्तै कुशवाहले जिल्ला...

बक्यौता नतिर्ने उद्योगको फेरी लाइन काट्दै विद्युत प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने बक्यौता नतिर्नेरनतिरेका उद्योगहरुको लाइन फेरी काट्ने भएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता त...

संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल द...

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आ...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।  ...

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टम...

प्रतिनिधिसभाबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies