Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

खबरडबली संवाददाता

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । 

जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको  आम्दानी बढेको हो । 

व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए । 

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ । 

मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ ।  

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको  आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए । 

यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए ।  राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए । 

शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर रु दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए । ​

घरबाटै बीउ आलुलाई रु दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने । “शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ”, उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । 

जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुण्डुमा एमाले बैठक : सुदूरपश्चिमका सांसदसँग ओलीको छलफल, नेतृत्वदेखि मन्त्रिमण्डलसम्म एजेन्डा

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग  भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...

लुम्बिनीका औद्योगिक क्षेत्रमा अतिक्रमण : जग्गा फिर्ता प्रक्रिया किन बन्दैछ जटिल ?

रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...

इलाममा कोदोको बिस्कुट : पाहुनाका लागि नयाँ कोसेली, उद्यमीलाई अनुदान

इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...

पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...

धोबीताल संरक्षण गर्न माग

नेपालगन्ज  । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थ...

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्रा...

मधेशको सत्ता गठबन्धनमा हलचल : जनमतको समर्थन फिर्ताले सरकार संकटमा

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अ...

सारङ्गीको धुनमै जीवन : धरानमा दुई गन्धर्वको संघर्षपूर्ण यात्रा

सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्। उनी...

पूर्वाधार र प्रचार अभावले म्याग्दीको तातोपानी कुण्ड ओझेलमा

म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ। जेल्तुङ गाउँ नजिक ...

आजको कृषिउपजको थोक मूल्य : कालीमाटीले सार्वजनिक गर्‍यो दरसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending