Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

गर्मी बढेसँगै तराईमा रगत अभाव

निःशुल्क दिएको रगत निजी अस्पतालले महँगोमा बेच्ने गर्छन्

खबरडबली संवाददाता

काठमाडौं  । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । 

नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक पवन गुप्ताले माग र आपूर्तिको तालमेल मिल्न नसक्दा रगतको अभाव भएको बताए । गुप्ताका अनुसार अस्पतालले कुनै बिरामीको शल्यक्रिया गर्दा दुई युनिट रगत आवश्यकता पर्नेमा पाँच युनिट मगाउने गरेका छन् । दुई युनिट मात्र प्रयोग भएको अवस्थामा तीन युनिट रगत फिर्ता हुँदैन । 

गुप्ताका अनुसार नेपाल रेडक्रसले काठमाडौँ उपत्यकाबाट मात्र प्रतिदिन पाँच सय युनिट रगत सङ्कलन गरिरहेको छ । यसबाहेक नेपाल रेडक्रस सोसाइटीले देशभरबाट वार्षिक तीन लाख ५० हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । हाल रगतको माग वार्षिक पाँच लाख युनिटसम्म रहेको छ । उनका अनुसार सही व्यवस्थापन गर्न नसक्दा रगत अभाव भएको हो । पछिल्लो समय रेडक्रसले मात्र रगत सङ्कलन गर्ने नभई निजी अस्पतालले पनि रगत सङ्कलन गर्ने गरेका छन् । गुप्ताले थपे, “काठमाडौँमा रगतको अभाव छैन, विशेष गरी तराईका जिल्लामा रगत अभाव देखिएको छ ।” 

उनले सरकारी कार्यालय खुलेका दिनमा काठमाडौँमा मात्र दुई सय युनिट रगत सङ्कलन हुने गरेको जानकारी दिए । सार्वजनिक बिदा तथा शनिबार भने काठमाडौँमा पाँच सय युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेको छ । 

उनका अनुसार ट्रमा, सिकलसेल, एनिमिया, हेमोफिलियाजस्ता बिरामीका लागि धेरै रगतको अवश्यकता पर्छ । रेडक्रसले रगत सङ्कलन गरेर बिरामीलाई दिने भएकाले रक्तदानबारे जनचेतना जगाउनुपर्ने उनले बताए ।  

नेपाल  रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले देशभर रगत अभावभन्दा पनि रगतको व्यवस्थापन गर्न नसकेको बताए । उनले स्वयंसेवी रक्तदाताले निःशुल्क दिएको रगतमा निजी अस्पतालले महँगोमा बेच्ने गरेको आरोप लगाए । अस्पतालले माग गरेको रगत शतप्रतिशत प्रयोग नहुने जानकारी दिँदै कर्माचार्यले भने, “देशभर रगत अभाव छैन, रगत व्यवस्थापनमा लापरबाही छ ।”

हाल नेपालमा रगतको मूल्य ८१० देखि एक हजार ६४० रुपियाँसम्म तोकिएको छ । र्‍यापिड टेस्ट रगतको मूल्य ८१० रुपियाँ पर्छ भने क्लिया प्रविधिको रगतलाई एक हजार ६४० रुपियाँ पर्ने गर्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किशाेरी बलात्कार आराेपमा भरतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडाै‌मा १९ वर्षीय किशाेरी बलात्कार गरेको आराेपमा भरतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौ...

दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीलाई दुई वटा पदक

काठमाडौं । काठमाडौंमा सम्पन्न दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीले २ वटा पदक हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी परिवार ...

बालगायिका टेरेसाको गीत मनको कथा सार्वजनिक ९भिडियो

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा मेरो मनको कथा बोलको गीत सार्वजनिक गरिएको छ । ग...

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ । गोली लागेलगत्तै कुशवाहले जिल्ला...

बक्यौता नतिर्ने उद्योगको फेरी लाइन काट्दै विद्युत प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने बक्यौता नतिर्नेरनतिरेका उद्योगहरुको लाइन फेरी काट्ने भएको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता त...

संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

काठमाडौँ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल द...

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आ...

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।  ...

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टम...

प्रतिनिधिसभाबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

काठमाडौं । सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies