Ntc summer Offer
Khabar Dabali १२ जेष्ठ २०८२ आईतवार | 25th May, 2025 Sun
Investment bank

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छः संयोजक राई

खबरडबली संवाददाता

काठमाडौं। चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले चलचित्र निर्माण अघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।  अध्यायन र अनुसन्धान सहित निर्माण भएको चलचित्रको बजार प्रवद्र्धनमा सजिलो हुने उनको धारणा रहेको छ ।

शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवद्र्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह–आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवद्र्धन बजारीकरण विषयक अन्तर्कृयामा बोल्दै राईले यस्तो धारणा राखेका हुन् ।

चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवद्र्धनको लागी समिती गठन भैसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने दावी गरे । ‘आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरुसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने, उनीहरुको भाषा कला, साहित्य र संँस्कृतिमा आच आउने कुरामा ध्यान दिनपर्छ ।’ चलचित्र मार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले  जोड दिए ।

कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले आफुहरुको भाषा नै नेपालको मुल भाषा भएको बताए । उनले आदीवासीका भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको रहेको बिचार राखे । 

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवद्र्धनमा विशेष योगदान पुर्याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको आरोप लगाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला अध्यक्ष ओलीले उद्घाटन गर्दै

काठमाडौं ।  नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला आज ललितपुरमा हुने भएको छ। आज बिहान ११ बजे गोदावरीमा प्रधानमन्त्री एवं नेकपा...

एमाले सचिवालयको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने ग...

तनहुँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

दमौली ।  तनहुँको मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठक बस्दै, विध्यालय शिक्षा विधेयकमाथी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।  शिक्षा, स्वास्थ्य...

आजको माैसमः पाँच प्रदेशमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...

प्रधानमन्त्री, मन्त्री र सांसदका छोराछोरीलाई समावेशीमा रोक्नुपर्छः वर्षमान पुन

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० वर्षे सशस्त्र द्वन्द्वले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय ...

अध्यक्ष प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञाप...

असिनाले भित्र्याउने बेलाका बालीनालीमा क्षति, मार्सी धानको बिउ पूर्ण रूपमा क्षति

जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अप...

भोजपुरमा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याउँदा किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सा...

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending