Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

निर्देशक डेढ करोडको मागसहित मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र पशुपति प्रसाद-२ को हिसाब किताब नबुझाएको आरोप लगेका चलचित्र निर्देशक सुदर्शन थापा यतिबेला नयाँ चलचित्र रावायणको छायाँकनमास्त रहेका छन् । यिनै निर्देशक बिरुद्ध जिल्ला अदालत काठमाडौंमा आईतबार १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ । पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले उनी बिरुद्ध प्रहरी वृत्त बौद्धमा उजुरी दिएका थिए ।

प्रहरी वृत्त बौद्धले जिल्ला सरकारी वकिल कार्यालयलाई राय प्रतिवेदन बुझाएको थियो । सोही राय प्रतिवेदनको आधारमा सरकारी वकिलले आइतबार निर्देशक सुदर्शन थापा बिरुद्ध अदालतमा मुद्दा दायर गरेको हुन् ।

निर्माता सुदर्शन बस्नेतले आफुबाट निर्देशक थापाले विश्वासघात गरेर लाभ लिएको दाबी सहित मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेका हुन् ।

निर्देशक थापा २३ जेठमा हाजिरी जवानीमा प्रहरी कार्यलय बौद्धबाट छुटेका थिए  । उनलाई २१ जेठमा प्रहरी वृत्त मालीगाउँले पक्राउ गरेर थियो । त्यसपछि उनलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान गरिएको थियो । 

निर्माता बस्नेतले सुदर्शन थापा सहित यो प्रकरणमा ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल र यो चलचित्रका निर्देशक मिलन श्रेष्ठ बिरुद्ध पनि उजुरी दिएका छन् । यता ओम प्रकाश अग्रवालले आफुसँग सम्बन्धि निर्मातासँग यो फिल्म किन्ने समयमा गरेको सम्पूर्ण सम्झौताको कागज भएको बताएका छन् । पटक पटक निर्माता फेरिनु आफ्नो गल्ती नभएको उनको कथन छ ।

निर्माता बस्नेतको दाबी अनुसार सुदर्शन थापा र मिलन श्रेष्ठले उनलाई जानकारी नगराई यो फिल्मको राईट डिजिटल कम्पनीलाई बेच्ने काम गरियो । यो फिल्म ओएरआर डिजिटल कम्पनीलाई मिलनको सहयोगमा सुदर्शनले बेचेको भन्ने’दयगतमा निर्माता बस्नेले उजुरी दिएका हुन् ।

यो फिल्मले नेपालमा त्यतिबेला करिब ८० लाख रुपैयाँको व्यापार सिनेमा हलमा गरेको थियो । तर डिजिटल राईट्स बिक्री र बिदेश प्रदर्शन सहित आफुलाई डेढ करोड घाटा हुने दाबी निर्माता सुदर्शन बस्नेतको छ । यता मोवाईल स्विच अफ भएका कारण यो विषयमा सुदर्शन थापासँग कुरा हुन पाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता प...

सिराहामा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं। सिराहामा आफ्नो बुवालाई कुटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको छोरालाई पक्राउ गरेको छ । औरही गाउँपालिका वडा नम्बर–३ खजनपुर घर भएका ३८ वर्षी...

अग्नि सापकोटाविरुद्धको मुद्दाको संवैधानिक इजलासमा पेशी

काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि पेशीमा चढेको छ । बुधबार ...

डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक

काठमाडौँ। गत २० बर्षदेखि अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानोवादक...

गणतन्त्रको नायक प्रचण्डनै हुन्: रविन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी...

यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।  न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...

सुनको मुल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

   काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...

युक्रेनी शहर खार्किभमा रुसको नयाँ आक्रमण

काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy