Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी गर्दै ताप्लेजुङका स्थानीय

खबरडबली संवाददाता

ताप्लेजुङ ।  ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । 

सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे । राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे । गाउँघरमा प्रतिबोतल रु दुई हजार खरिद बिक्री हँदै आएको छ । राई एक याममा रु चार लाखभन्दा बढी कमाउन सफल भएका छन् । राईका अनुसार वर्षमा दुई याम भिर मौरीको महको सिकार गरिन्छ । वर्षमा करिब पाँचदेखि सात लाख भिर मौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ ।

उनले घर मौरीसमेत पालन गरेका छन् । उनले आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गरेका छन् । उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल उत्पादन गर्दै आएका छन् । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब छ लाख आम्दानी हुन्छ । 

भिर मौरी सिकार गर्नका लागि प्रतिघार दुई हजार सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पाइने राईले बताए । याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भिर मौरीको मह सिकार भएको सिरिजङ्घा गाउँपालिका–८ स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले बताए ।  

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेप्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदिनका दर्जन बढी भिरमा वर्षौंदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । 

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए  । 

उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र  फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ । 

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ–६ लेलेपदेखि भिर मौरीको मह आउने गरेको छ । कोसेली घरमा प्रतिबोतल रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म खरिद बिक्री हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार गत २०७९÷८० को आवमा पाँच हजार किलो भिर मह सङ्कलन भएको तथ्याङ्क रहेको छ । सो बराबर मह सङ्कलन हुँदा रु दुई हजार रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए । पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिर मौरी मासिँदै गएको फक्ताङलुङ–६ का स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए । 

“पहिले पहिले एउटै भिरमा नौ÷दश पोला मैरी हुन्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भिर मौरी सङ्कटमा पर्दै गएको लिम्बूको भनाइ छ । 

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ सङ्कटमा पर्न पुगेको स्थानीयको भनाइ छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असार गरी दुई पटक भिर मौरीको मह सिकार गर्ने गरिँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...

अध्यागमनको ‘इमेज’ सुधार आवश्यः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिताः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका  छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद  हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारा...

मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर ।  मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो।  असोज ८ गते दिउँसो साढे १२ ब...

मनसुन सक्रिय भएपछि तनावमा किसान

मौसमी सूचना किसानलाई प्रभावकारी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy