Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी गर्दै ताप्लेजुङका स्थानीय

खबरडबली संवाददाता

ताप्लेजुङ ।  ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । 

सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे । राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे । गाउँघरमा प्रतिबोतल रु दुई हजार खरिद बिक्री हँदै आएको छ । राई एक याममा रु चार लाखभन्दा बढी कमाउन सफल भएका छन् । राईका अनुसार वर्षमा दुई याम भिर मौरीको महको सिकार गरिन्छ । वर्षमा करिब पाँचदेखि सात लाख भिर मौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ ।

उनले घर मौरीसमेत पालन गरेका छन् । उनले आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गरेका छन् । उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल उत्पादन गर्दै आएका छन् । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब छ लाख आम्दानी हुन्छ । 

भिर मौरी सिकार गर्नका लागि प्रतिघार दुई हजार सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पाइने राईले बताए । याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भिर मौरीको मह सिकार भएको सिरिजङ्घा गाउँपालिका–८ स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले बताए ।  

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेप्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदिनका दर्जन बढी भिरमा वर्षौंदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । 

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए  । 

उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र  फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ । 

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ–६ लेलेपदेखि भिर मौरीको मह आउने गरेको छ । कोसेली घरमा प्रतिबोतल रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म खरिद बिक्री हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार गत २०७९÷८० को आवमा पाँच हजार किलो भिर मह सङ्कलन भएको तथ्याङ्क रहेको छ । सो बराबर मह सङ्कलन हुँदा रु दुई हजार रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए । पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिर मौरी मासिँदै गएको फक्ताङलुङ–६ का स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए । 

“पहिले पहिले एउटै भिरमा नौ÷दश पोला मैरी हुन्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भिर मौरी सङ्कटमा पर्दै गएको लिम्बूको भनाइ छ । 

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ सङ्कटमा पर्न पुगेको स्थानीयको भनाइ छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असार गरी दुई पटक भिर मौरीको मह सिकार गर्ने गरिँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE