Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

मनसुन सक्रिय भएपछि तनावमा किसान

मौसमी सूचना किसानलाई प्रभावकारी

खबरडबली संवाददाता

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ की अञ्जना चौधरीको करिब २ बिघा जमिनको धान बाली भित्र्याउन अबेर भइसकेको छ । उनको एक नजर आकाशमा हुन्छ भने अर्को मोबाइलमा देखाउने मौसमी सूचनामा केन्द्रित हुन्छ ।

उनले रोपेको धान पाकेर काट्नलाई ढिला भइसकेको अवस्थामा छ । पानी पर्ने मौसमी सूचनाले उनको धान काट्ने समय पछाडि सर्दै गएपछि उनको चिन्ता थपिएको छ । 

उनले भनिन्, ‘मौसमले साथ दिएको भए केही दिन अगाडि नै धान काटिसक्थे । तर पानी अझै केही परिरहने हो भने खेतको धान खेतमै रहने त होइन भन्ने चिन्ता लागिरहन्छ । यो भयो भने मेरो बर्बाद हुन्छ ।’

यस्तै पीडामा छिन्, स्थानीय प्रमीला चौधरी । उनले ३ कट्ठा खेतको सबै धान पाकेको सुनाउँदै हतार हतारमै काटेर थ्रेसिङ गर्नुपरेको बताइन् । 

अञ्जना र प्रमीला प्रतिनिधि किसान मात्रै हुन् । पछिल्लो पटक मनसुन सक्रिय भई वर्षा लम्बिएपछि सुदूरपश्चिम प्रदेशसहितका किसानहरूलाई चिन्तित बनाएको छ । मनसुन सक्रिय भएपछि पाकेको धान भित्र्याउनमा किसानहरूलाई कठिनाइ भएको हो । 

जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको हवाला दिएर बंगालको खाडीबाट प्रभाव हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको बताउँदै मन्त्रालयले सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको छ ।

कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्न आग्रह गरिएको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरूमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यता धनगढी उपमहानगरपालिकाले पनि माइकिङ नै गरेर नगरवासीहरूलाई मौसमबारे जानकारी गराएको छ । नगर प्रहरीले मौसमबारेको सूचना माइकिङ गरेर नगरवासीलाई जानकारी गराएको हो ।

मौसमी सूचना किसानलाई प्रभावकारी
पछिल्लो समय किसानहरू मौसमी सूचनाको आधारमा बाली रोप्नेदेखि भित्र्याउने कार्य गर्दै आएका छन् । दुई वर्ष अगाडि विना मौसमी सूचना धान बाली काटेको र पछि ठुलो नोक्सानी बेहोरेको किसानहरू बताउँछन् ।

कैलालीको कैलारीकै स्थानीय किसान सियाराम चौधरीले यथार्थ मौसमी सूचनाको आधारमा मात्रै खेतीपातीको कार्य गर्नुपर्ने र आफूले मौसमी सूचनालाई अनुसरण गर्दै आएको बताउँछन् ।

मोबाइलमा हुने मौसम सम्बन्धी एपका साथै जल तथा मौसम विज्ञान विभागले दिने मौसमी बुलेटिन किसानका लागि प्रभावकारी बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

एक लाख जरिबानामा पर्योे सेतोपाटी

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...

सभापतिबाट राजीनामा दिने तयारीमा गगन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...

भीम रावलको चुनावी खर्च १२ लाख नजिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...

बर्दीबाट बहससम्म: पाँच पूर्व सुरक्षाकर्मी संसद्मा

काठमाडौं । कानुन कार्यान्वयनको अग्रपंक्तिमा वर्षौँ बिताएका पूर्व सुरक्षाकर्मीहरू यसपटक कानुन निर्माण गर्ने थलो संसद्मा पुगेका छन्। चुनावी मैदानमा उत्र...

अर्जुननरसिंह केसीको गगन थापालाई राजीनामा होइन, समीक्षा गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेस का नेता अर्जुननरसिंह केसी ले पार्टीको पराजयपछि सभापति गगनकुमार थापा लाई राजीनामा नदिन सुझाव दिएका छन्। हालै सम्पन्न प्रत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE