Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

महशुल नतिर्ने रौतहटका ३० सामुदायिक विद्यालयको बिजुली काटियो

खबरडबली संवाददाता

रौतहट ।  नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने रौतहटका तीन दर्जनभन्दा बढी विद्यालयको लाइन काटेको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखा अन्तर्गत पर्ने विभिन्न नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको हो। 

विद्युत महसुल नतिर्ने रौतहटको चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखाले जनाएको छ । विद्यालयको नाममा जडान गरिएका मिटरमा विद्युत् महशुल तिर्न पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको  शाखा प्रमुख धीरेन्द्र यादवले जानकारी दिए।

जिल्लाको चन्द्रपुर नगरपालिका वृन्दावन नगरपालिका र गुजारा नगरपालिकाका ३० वटा बढी सामुदायिक विद्यालयको विद्युत् लाइन काटेको उनको भनाइ छ  ।

चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया र बतहु माध्यमिक विद्यालय हरशाहलगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत् लाइन काटिएको छ।

नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले सामुदायिक विद्यालयको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रभावित भएका छन् । ४० देखि ४३ डिग्री गर्मीको बेला विद्यालयको लाइन काटिएपछि आफूहरुले कक्षाकोठामा पंखा  चलाउन नपाएको बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरीले बताए। 

रौतहटका अधिकांश सामुदायिक विद्यालयले महशुल नतिरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वर्षौँदेखिको महशुल तिर्न ध्यान नदिएका कारण बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको कार्यालय प्रमुख यादवले बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...

अध्यागमनको ‘इमेज’ सुधार आवश्यः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिताः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका  छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद  हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारा...

मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर ।  मोरङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो।  असोज ८ गते दिउँसो साढे १२ ब...

मनसुन सक्रिय भएपछि तनावमा किसान

मौसमी सूचना किसानलाई प्रभावकारी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy