Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

म्याग्दीको बेनी भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।

उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिए ।

स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उनले बताए ।

फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ ।

समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताए । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उनले बताए ।

जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उनले जानकारी दिए ।

गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा तीन करोड बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy