Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उत्तर कोरियामा पुटिनको भव्य स्वागत

खबरडबली संवाददाता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि उत्तर कोरिया पुगेका छन् । पुटिनलाई शासक किम जोङ उनले विमानस्थलमा स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीको प्रतिनिधिमण्डल सहभागी छ । जसमा परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल छन् ।

पुटिनको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो । दुवै नेताले एकअर्कालाई अँगालो हालेका थिए । त्यसपछि पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो । पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो ।

यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका थिए । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यसै क्रममा त्यहाँ जम्मा भएका बालबालिकाले हातमा रंगीन फूल पनि बोकेका थिए । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।

बीबीसीका अनुसार पुटिनको स्वागतका लागि भव्य परेड बाहेक प्योङयाङको १०५ तले रुग्योङ होटललाई एलईडी बत्तीले सजाइएको थियो । त्यसमा ‘वेलकम पुटिन’ र ‘फ्रेन्डशिप’ लेखिएको देखियो । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार दुई नेताबीच द्विपक्षीय बैठक पनि भएको थियो । यस क्रममा पुटिनले युक्रेन युद्धमा रुसलाई सहयोग गरेकोमा किम जोङलाई धन्यवाद दिएका थिए ।

पुटिनले नयाँ आधारभूत दस्तावेजको पनि घोषणा गर्दै दुई देशबीचको सम्बन्धको जग बलियो बनाउने घोषणा गरेका छन् । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध बलियो भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज तयार भएको छ ।

पुटिनले अमेरिकाको धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने बचन दिएका छन् ।  भेटमा पुटिनले अमेरिकी दबाब, ब्ल्याकमेल र धम्कीविरुद्ध रुसले उत्तर कोरियालाई साथ दिने वाचा गरेका थिए । रुसी राष्ट्रपतिले किम जोङलाई रुस भ्रमणको निम्तो पनि दिएका छन् । किम यसअघि सेप्टेम्बर २०२३ मा रुसको भोस्टोचनी कस्मोड्रोम पुगेका थिए, जहाँ पुटिनले उनलाई स्वागत गरेका थिए ।

बैठकमा तानाशाह किमले युक्रेन विरुद्ध रुसको युद्धलाई समर्थन गर्ने बताएका थिए । यो भ्रमण अघि पुटिनले उत्तर कोरियाको अखबार रोडाङ सिनमुनको लागि लेख लेखेका थिए । यसमा उनले उत्तर कोरिया र त्यहाँका जनतालाई सहयोगका लागि धन्यवाद दिएका छन् । पुटिनले उत्तर कोरियाली जनतालाई ‘कपटी, खतरनाक र आक्रामक’ शत्रु विरुद्धको स्वतन्त्रता र पहिचानको लडाइमा रुसले सधैं समर्थन गरेको र जारी राख्ने पनि लेखेका छन् ।

पुटिनको भ्रमणलाई लिएर किमले रुससँग आवश्यक हतियारको बदलामा आर्थिक सहायता र प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न सक्ने अनुमान गरिएको छ । वास्तवमा, युक्रेन युद्धमा संलग्न रहन रूसलाई थप हतियार चाहिन्छ । युक्रेन युद्ध सुरु भएयता उत्तर कोरिया र रुसबीच सैन्य र आर्थिक सहयोग तीव्र गतिमा बढेको छ । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले रुसलाई गोलाबारुद, मिसाइल र अन्य सैन्य उपकरण उपलब्ध गराएको आरोप लगाएका छन् ।

ब्लूमबर्गको एक रिपोर्टमा दक्षिण कोरियाको रक्षा मन्त्रालयले रुसले उत्तर कोरियालाई ५० लाख तोपको गोला पठाएको दाबी गरेको छ । यद्यपि, प्योङयाङ र मस्को दुवैले हतियार हस्तान्तरणको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन् ।

पुटिनले मार्च २००० मा राष्ट्रपति बनेको केही महिनापछि जुलाई २००० मा प्योङयाङको भ्रमण गरेका थिए । उनले किमका पिता तथा उत्तर कोरियाका शासक किम जोङ इलसँग भेट गरेका थिए ।

सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेका किम जोङ उनले आफ्ना पिताजस्तै रुस र चीनसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरेका छन् । रुसले सन् २०१२ मा उत्तर कोरियाको सबै ऋण माफ गरेको तथ्यबाट पुटिनसँग किम जोङ उनको निकटताको अनुमान लगाउन सकिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: