Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

टी-२० विश्वकप : दक्षिण अफ्रिकाले अमेरिकालाई हरायो

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी टी-२० विश्वकप  अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए।

हरमित सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलर २४, नितेश कुमार ८ र कोरी एन्डरसनले १२ रनमा आउट भए।

छैटौं विकेटका लागि हरमित र गौसले ४३ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

अमेरिकालाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो। कागिसो रबाडाको १९ औं ओभरको पहिलो फुलटस बललाई ठूलो सट खेल्ने धुनमा हरमीत सिंह मिडविकेटमा स्टब्सबाट क्याच आउट हुनु खेलको टर्निङ प्वाइन्ट बन्यो।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३, केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। विकेटकिपर क्विन्टन डि ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए।

कप्तान एडेन माक्ररम ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए। ओपनर रिजा हेन्ड्रिक्स टप एज लागेर मिडअफमा क्याच आउट हुँदा दक्षिण अफ्रिका २ दशमलव ४ ओभरमा १६र१ को अवस्थामा थियो। 

दोस्रो विकेटका लागि डिकक र माक्ररमले १ सय १० रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए। हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा नट आउट रहे। 

ट्रिस्टन स्टब्स १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहे । अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान २ विकेट लिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending