Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

मधु क्षेत्रीको दोस्रो बिहे पनि भएन सोचे झैं !

भन्छिन्- थाहा छैन, कत्ति बेला के हुने हो ? कहाँसम्म सास लिन सक्छु

खबरडबली संवाददाता

काठमाडौं । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको निजी जीवन पनि यही गीतसँग मेल खान गएको छ। पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी मधुको यो बिहे पनि नटिक्ने अवस्थामा पुगेको छ। 

प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेर मधुले अष्ट्रेलिया गइन्। सुरेश पनि डिभोर्सी थिए । विवाहपछि पहिलो श्रीमानपट्टिकी आफ्नी हुर्केकी छोरी समेतलाई लिएर अष्ट्रेलिया गइन् । 

अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।

अष्ट्रेलिया पुगेपछि मधु र छोरी दुवैले जागीर गरिरहेका थिए । तर, केही समयपछि श्रीमानश्रीमतीको सम्बन्धमा तनाव सुरु भयो । मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटक-पटक दुर्व्यवहार गरेका थिए । 

अहिले मधु गर्भवती छिन्। उनले बच्चा जन्माउन नचाहेको भए पनि श्रीमानको चाहनाका कारण एबोर्सन नगराएकी हुन् । तर, श्रीमानले कुटपिटसमेत गरेको आरोप मधुले लगाएकी छन् ।

उनले टिकटक र फेसबुकबाटै आफ्नो धरापमा परेको वैवाहिक सम्वन्धबारे खुलासा गरिन् । 

एक स्टाटस लेख्दै आफू निकै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएकी छन् । अहिले आफु गलेको र कसैसँग कुरा गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

उनले लेखेकी छिन्, ‘कृपया, यो बेला म गलेको छु । मेरो शरीर र मानसिक गलाइलाई लिएर, पेटमा भएको बच्चालाई सास दिएर, कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ । थाहा छैन, कत्ति बेला के हुने हो मेरो जीवनमा ? र कहाँसम्म सास लिन सक्छु । म कसैसँग बोल्न सक्ने अवस्थामा छैन ।’

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending