रौतहट । सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएकाछन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहिबार पक्राउ गरेको थियो ।
उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाव फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहिबार साँझ आफुहरुलाई छक्याएर फरार भएका दाबी गरेको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारवाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ ।
उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए ।
फरार भएका गजेन्द्र हुण्डी कारोवारीका भरिया भएको अनुमान गरिएको छ । रौतहटको बिभिन्न नाका भएर भरिया मार्फत सिमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुण्डी कारोवारीले पैसा नेपाल भित्राउने गरेको समाचारस्रोतको दावी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - १३:११
काठमाडौं। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएको छन । नेपाली कांग्रेस थाहा नगर...
पौष ६ गते, २०८१ - १२:४८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ...
पौष ६ गते, २०८१ - १२:०२
काठमाडौं। तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । अहिले यी व्यक्तिले आफ...
पौष ६ गते, २०८१ - ११:२९
काठमाडौं। प्रविधिले विश्वको दुरीलाई निकै कम गरेको छ । यसै भनिएको होइन, निकट भविष्यमा आँखा झिम्काएर संसारको जुनसुकै कुनासम्म पुग्न सकिनेछ । अहिले प...
पौष ६ गते, २०८१ - ११:२१
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली टुडिखेलको योग दिवसमा सहभागी भएका छन् । ...
पौष ६ गते, २०८१ - ११:१३
धरान । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रत...
पौष ६ गते, २०८१ - १०:४८
दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तह...
पौष ६ गते, २०८१ - १०:४१
मुम्बई । यदि तपाई मिस्ट्री थ्रिलर हेर्न मन पराउनुहुन्छ भने हामी तपाईलाई एउटा उत्कृष्ट फिल्मको बारेमा बताउँछौं। यो फिल्मको कथा अपहरणबाट सुरु हुन्छ र...
पौष ६ गते, २०८१ - १०:०९
मस्को। रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०...
पौष ५ गते, २०८१ - १७:११
काठमाडौँ। एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल...
प्रतिकृया लेख्नुहोस्: