Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए । उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ ।  थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ । साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिने छ ।
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।  साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमाका र्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशलखत्री रहेका छन् ।

उत्कृष्ट पाँच मनोनयनहरु

१) सर्वोत्कृष्ट राष्ट्रिय भाव
क. रिता केसी – पहराको साइनो
ख. निमा शेर्पा – माटोको माया
ग. डा. नवि अधिकारी – देश छोड्नेको लर्को
घ. गीता पाण्डे – विर नेपाली सेना
ङ . नारायण नेपाल –तिम्रो हाँसो संगालेर

२) सर्वोत्कृष्ट चलचित्र गीत
क. मुटुको चार आना – उपहार
ख. प्रेम शरणम्– पशुपति प्रसाद २
ग. क बाट कछुवा – नाइनभन्नु ल –६
३. बुझिनँ मैले – बोक्सीको घर
ङ. काले केटाले –  ऐंचो पैंचो

३) सर्वोत्कृष्ट  पप–आधुनिकगायक
क. नारायण थापा– जुनमायाको पुजा गरेँ
ख. युवराज चौँलागाई – नझुक्याउ
ग. ओम सुनुवार – मायाले सजाउँला
घ. सिडी विजय अधिकारी– मन्दमन्द
ङ. सुरेश लामा–  बाचाभयो

४) सर्वोत्कृष्ट  पप– आधुनिक गायिका
क. मन्जु थापा – मन भित्र मायाको
ख. मल्लिका कार्की – गाजले
ग. निता आचार्य – चुपचाप
घ. अनु देवान – प्रेमको भाषा
ङ. सन्जना श्रेष्ठ–  सुनौलीबिहानी –२
५) सर्वोत्कृष्ट  पप– आधुनिक गीतकार
१. तारा अधिकारी – हे बरै
२. रमेशदाहाल – जति टाले पनि
३. युरेशसिग्देल – हेर्छु तिमीलाई
४. पद्मा लिंखा मगर– मन्दमन्द
५. रोहित घिमिरे – तिम्रो अंगालोमा

६) सर्वोत्कृष्ट पप– आधुनिक संगीतकार
१. सरोज कोइराला – एक चिम्टी सिन्दुर
२. टेकराज ओझा – दिल्लीआग्रा
३. सरोज प्याकुरेल – बरपिपलको जोडी
४. भिम बिसी – बाचाभयो
५. रोशन सिंह – किन मरिनँ म –२

७) सर्वोत्कृष्ट पप– आधुनिकयुगलगायन
१. सुरज सिंह÷एलिना चौहान – यो मुटु तिमी लिउ
२. अजय अधिकारी÷सदिक्षा भुर्तेल – ठुलो जात
३. सिडी विजय अधिकारी÷निता आचार्य – गरिदेउ बिदा
४. दिपक चाैँलागाई÷अन्जु पन्त – मलाई मन परेको मान्छे
५. महेशमुखिया सुनुवार ÷ दिपानारायण झा –  जापानी टाइफन

८) सर्वोत्कृष्ट पप– आधुनिकमोडल पुरुष
१. कमल सिंह – मुनाहौ मेरी
२. लक्ष्मण देवकोटा – रातो किताब
३. दिनेश कठायत– ए बेइमानी
४. आश्मनतामाङ – आफ्नै धड्कन
५. सागर खनाल–  म हास्ँदा

९) सर्वोत्कृष्ट पप– आधुनिक  मोडल महिला
१. प्रतिक्षा काफ्ले –  माया गरेउ
२. दिया जि.सी.– कसमहोला
३. सोफी धरेल – जीन्दगी त सगैं ज्युने हो
४. एन जेड सालु – बाचाभयो
५. कवितान्यौपाने – तिमीनभए

१०) लोक पप गायन
१. सुमी पराजुली – चुम्पा चपक्कै
२. राजेश बर्देवा – उमेर सत्र भयो
३. शोभा त्रिपाठी –मुगु रारा ताल
४. अन्जु श्रेष्ठ – नहेरन त्यसरी कान्छा
५. बादल थापा – मेरो चोखो मायामा

११) सर्वोत्कृष्ट लोक दोहोरी गायक
१. उद्धव कार्की – फुलको माला
२. हेमन्त रसाइली कान्छा– जाउँ साइली बेनी बजार
३. हरि बिमर्शी – लुकीलुकी
४. राजु सापकोटा– भाग्यमा विछोड
५. शुसिल ज्ञवाली – लजाउँदै लजाउँदै

१२) सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१. तृष्णा घर्ति मगर – सोल्टीनीको रेशमी केश
२. सिमा थापा– मुस्कानै मिठो छ
३. शान्तीश्री परियार – त्यो मन रुन्छ रुन्न खै
४. सुनिता बुढा क्षेत्री – घाम जस्तो चम्किलो जुनहुँदैन –२
५. देवी घर्ति मगर – तिम्रै हुनपाइनँ

१३) सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१. डा. शिव सुवेदी – दुःख टर्या छैन
२. सागर बास्तोला– गरिदेउ विदा
३. नेत्रअर्याल – तल्लो बाटो
४. प्रकाश पराजुली – फुलको माला
५. विपिन के.सी. – हामीदाजु भाई

१४) सर्वोत्कृष्ट लोक दोहोरी लय
१. दिपक अधिकारी – रुन्नँभन्दाभन्दै
२. खेम सेन्चुरी – तल्लो बाटो
३. शम्भु कुँवर– त्यो मन रुन्छ रुन्नँ खै
४. हेमन्त आले– सोल्टीनीको रेशमी केश
५. जय देवकोेटा –बोली र गोली उस्तै हो
१५) सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१. स्मारिका ढकाल – गरिदेउ बिदा
२. सजिना लामिछाने –बाध्यता
३. रजनी गुरुङ – ठुली
४. अस्मिता पुरी – फुलमाया
५. रुबिना अधिकारी –  नजर लाग्लानी

१६) सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१. पुष्प खड्का–  घुमाउने घर पोखरा
२. सागर लम्साल – पिरैले सुकाउँछ ज्यान
३. पल शाह – नजर लाग्लानी
४. देवेन्द्र बब्लु – ठुली
५. विजयपुन– सोल्टिनीको शिरैमाचन्द्रमा

१७) सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार
१. नवराज उप्रेती – बाचाभयो
२. दिपक गिरी– जिन्दगीत सगैं
३. दिनेश पराजुली –  यो मुटुको एउटै
४. अजय रेग्मी–  काफलगुलियो
५. दुर्गा पौडेल –  फुलमाया

१८) सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
१. विरेन्द्र भाट ‘विपिन’ – जीवनको रेल
२. अमृत चापागाई– सिन्दुर पोते
३. मनोज कार्की– लुकीलुकी
४. लक्ष्मण चौहान – प्लिज मारिदेउ
५. विकास ज्ञवाली – आफ्नै धड्कन

१९) सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१. उमेश गुरुङ – लमजुङको पानी रसिलो
२. अनुप चन्द ठकुरी – सुनचाँदी –२
३. जनक सिंह – गरिदेउ विदा
४. प्रविनथापा – बैमानीलाहुरे
५. मौसमहिमाली – लुकीलुकी

२०) सर्वोत्कृष्ट नवप्रतिभा मोडल
१. मुना भुर्तेल – कास्कीको फेवाताल
२. सपना आर बम्जन – मिठा मिठाबोलीबोल्दै
३. प्रताप मर्दन बस्न्यात– जिन्दगानी छोटो छ
४. श्री नुर  – रिमाई
५. खुशी कार्की – चश्मालगाउली

२१)नवप्रतिभा गायन
१. हसना शाक्य – मुनाहौ मेरी
२. आयुष्मान बिष्ट– के यो मायाहो
३. सन्त दराई – पछ्यौरी
४. हरी कैनी – के छ मनमा
५. रोमश्रेष्ठ – मलाई तिमीहौ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अदिकतम छुट अफर’ दिने

काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ...

विद्युतीय साइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल...

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खे...

ग्लोबल आइएमई बैंक र क्यानाडाको आईसीआईसीआई बैंकबीच बैंकिङ्ग सहकार्यमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसस...

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी  । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँ...

ओली सरकार १०० दिनमा राज्यको ढुकुटी लुटने काममा सफल भएको छः प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जो...

निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ । ...

सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट दिएको छैन्ः नारायणकाजी श्रेष्ठ

विराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबा...

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं ...

जुवातास खेलिरहेको अवस्थामा २१ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशभरबाट २१ जना जुवाडे पक्रा गरेको छ । प्रहरीले काठमामडौंबाट १०, उदयपुरबाट ४ र बाँकेबाट ७ जनालाई पक्रााउ गरेको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy