काठमाडौं । प्रहरीले चोरीको आरोपमा चारजनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वैतडी डोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र काभ्रे भुम्लु गाउँपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीया मोनिका लामा रहेका छन् ।
टोखा नगरपालिका ७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५ लाख ४ हजार ९ सय रूपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १४:१४
काठमाडौं । जहाज अभावका कारण नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित भएको छ । इन्जिनको अभावमा निगमको दुईवटा टुइनअटर जहाज 9N-ABT र अर्को 9N- ABU ग्...
माघ १३ गते, २०८१ - १४:१०
काठमाडाैं । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् । ...
माघ १३ गते, २०८१ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कड...
माघ १३ गते, २०८१ - १३:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी ...
माघ १३ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर ((ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बता...
माघ १३ गते, २०८१ - १३:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बो...
माघ १३ गते, २०८१ - १३:००
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपम...
माघ १३ गते, २०८१ - १२:४५
धनुषा । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रह...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । ठमेलको ड्रंकेन इन गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् । रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ सो गेष्ट हाउसको २०२ नम्बरको कोठाम...
माघ १३ गते, २०८१ - १२:४५
काठमाडौं । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक एक ...
प्रतिकृया लेख्नुहोस्: