काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले स्थानीय पालिकाहरूले बजेट ल्याउने तयारी गरिरहँदा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्। ओखलढुंगाका विभिन्न पालिकाका प्रतिनिधिहरूसँगको भेटमा गौतमले उक्त सुझाव दिएका हुन्।
स्थानीय उत्पादनको बजारीकरण गर्न सके पालिकाभित्रका जनताको जनजीवन सुध्रिने र पालिकाले सहजै समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।
'स्थानीय उत्पादनको बजारीकरण हुँदा कृषकले राम्रो आम्दानी गर्छन्। उनीहरूले पालिकालाई कर तिर्छ। पालिकाका विभिन्न सेवा सुविधा उपभोग गर्न सक्ने हैसियत निर्माण हुन्छ। यसले एक पक्षलाईमात्र नभएर सबैलाई फाइँदा पुर्याउँछ,' उनले भने।
स्थानीय पालिकाले ठूला बाटाघाटाको चिन्ता गर्नुभन्दा जनजीविकासँग जोडिएका विषयमा गम्भीर हुन सुझाएका छन्। 'कृषकका लागि कुलो, आधुनिक प्रकृतिका औजारमा स्थानीय पालिकाले जनतालाई सहुलियत दिनुपर्छ। ठूला योजना त प्रदेश र केन्द्र सरकारले गरिहाल्छन्,' उनले भने।
त्यसरी उत्पादन भएका बस्तुको बजारीकरणका लागि अन्य पालिका र निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ। 'कतिपय कच्चा पदार्थको रूपमा बजारीकरण गर्नुपर्ने र कतिपय तयारी बस्तुको बजारीकरण गर्नुपर्ने हुन्छ। यी सबै क्षेत्रको अध्ययन गरेर पालिकाहरूले रणनीति अवलम्बन गर्नुपर्छ,' उनले भने । त्यसका अलावा स्थानीय तहमा भएका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सकेमा पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: