Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ ।  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए ।

“च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म तीन सय ४९ मिटर लामो पक्की नहर बनाउने लक्ष्य रहेकामा सोभन्दा बढी बनाएका छौँ”, उनले भने, “गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।” यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ । आयोजनामार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।

उपभोक्ता समितिका सचिव फिरोज घर्तीमगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए । घरधुरी २० भन्दाबढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा सिँचाइ गर्न सहज भएको छ ।  यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो । सिँचाइ अभावमा आकाशे पानीकाभरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिनाखेती लगाउन सकिने भएको छ ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आह्वान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइई नतिजामा बागमती उत्कृष्ट, अरु प्रदेशको नतिजा कस्तो छ ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ ।  चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७....

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताहरु नेपाली कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन...

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

काठमाडौँ । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कल...

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउन...

फतुवा विजयपुर नगरपालिकालाई चेक नकाट्न उच्च अदालतको आदेश

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक का...

कालोपत्र भएपछि सहज बन्दै बेनीका सडक

म्याग्दी। बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन् । ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, का...

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजिकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओ...

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि  सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ । राजनी...

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्काएपछि

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुब...

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा । सर्वोच्च अदालतले पद दिलाएको गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेश गर्न दिइएको छैन । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy