रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४र५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आईतवार राती साढे १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाईकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका राम संगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारत तर्फ भाग्न सफल भएको थियो। एस्पी हुमागाईंका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोवारी हुनसक्छ। उसको साथबाट बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरीका एस्पी हुमागाईंको सक्रियताले भारतीय सीमा क्षेत्रमा बिगतमा हुनेगरेको अबैध कारोबार, आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: