Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

भारतसँग पराजित भएपछि अस्ट्रेलिया विश्वकपबाटै बाहिरिनसक्ने

खबरडबली संवाददाता

काठमाडौं । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।

उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्  । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए ।

त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए । आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए ।

खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए ।

भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । त्यस्तै कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।

भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए । यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending