Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फतुवा विजयपुर नगरपालिकालाई चेक नकाट्न उच्च अदालतको आदेश

खबरडबली संवाददाता

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगंजले अल्पकालिन अन्तरिम आदेश जारी गरेको  हो।

 फतुवा  बिजयपुर १ का  बिजय कुमार यादव समेतले दिएको निवेदन पछी उच्च अदालतका जिल्ला न्यायाधीश  भरत प्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ।

न्यायाधीश लम्सालको ३ नम्बर ईजलासमा वरिष्ठ अधिवक्ता ईन्द्रदेव प्रसाद चौधरी र  अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।

फतुवा  विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलोमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।

उपसचिव प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हुन्। फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।

खातुन कार्यवाहक भएदेखिनै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।

उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन ।

२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउनेगरेका छैनन्। जनप्रतिनिधि बिच बजेटकै भागबण्डा नमिलेर यस आर्थिक वर्षको असार १० भित्र फतुवा विजयपुर बजेट ल्याउन असफल भएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending