काठमाडौं । सरकारले कर्मचारीको दरबन्दी ठूलो सङ्ख्यामा घटाउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्यलाई तीव्रता दिएको छ। अहिलेसम्म १२ कार्यालयका कर्मचारीको दरबन्दी घटाइएको छ।
संघीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै सरकारले १२ वटा कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरवलोकनका क्रममा संघीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ ।
अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग र कार्यालयका गरी १२ वटा कार्यालयको ओएनएम सम्पन्न भएकोमा कुल दरबन्दीमा ९४२ वटा प्राविधिक पदका दरबन्दी थप गरी दुई हजार ७८८ वटा अनावश्यक कर्मचारीको दरबन्दी घटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका संघीय मामिला महाशाखा प्रमुख एवं सहसचिव सुमन दाहालले प्राविधिक कार्यालयमा प्राविधिक कर्मचारीबाहेक अन्य कार्यालयका अनावश्यक दरबन्दी घटाएर ओएनएमलाई तीव्रता दिएको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यालयमा ७७ वटा पद, राष्ट्रिय तथ्याङ्क कार्यालयमा १२ वटा र महिला विभागमा १९ वटा दरबन्दी घटाइएको छ। शहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा मन्त्रालय र सिँचाइ विभागको ओएनएम सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। सरकारले निजामती कर्मचारीको कुल दबरन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको हो।
‘अहिले पनि कतिपय जिल्ला प्रशासन र मालपोत कार्यालयमा कर्मचारी अभाव छ, ती कार्यालयमा बढी कर्मचारी भएका कार्यालयबाट झिकेर पठाउन सरकारले ओएनएम गर्ने कार्यलाई तीव्रता दिइएको हो’, सहसचिव दाहालले भने। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: