काठमाडौं । सरकारले कर्मचारीको दरबन्दी ठूलो सङ्ख्यामा घटाउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्यलाई तीव्रता दिएको छ। अहिलेसम्म १२ कार्यालयका कर्मचारीको दरबन्दी घटाइएको छ।
संघीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै सरकारले १२ वटा कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरवलोकनका क्रममा संघीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ ।
अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग र कार्यालयका गरी १२ वटा कार्यालयको ओएनएम सम्पन्न भएकोमा कुल दरबन्दीमा ९४२ वटा प्राविधिक पदका दरबन्दी थप गरी दुई हजार ७८८ वटा अनावश्यक कर्मचारीको दरबन्दी घटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका संघीय मामिला महाशाखा प्रमुख एवं सहसचिव सुमन दाहालले प्राविधिक कार्यालयमा प्राविधिक कर्मचारीबाहेक अन्य कार्यालयका अनावश्यक दरबन्दी घटाएर ओएनएमलाई तीव्रता दिएको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यालयमा ७७ वटा पद, राष्ट्रिय तथ्याङ्क कार्यालयमा १२ वटा र महिला विभागमा १९ वटा दरबन्दी घटाइएको छ। शहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा मन्त्रालय र सिँचाइ विभागको ओएनएम सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। सरकारले निजामती कर्मचारीको कुल दबरन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको हो।
‘अहिले पनि कतिपय जिल्ला प्रशासन र मालपोत कार्यालयमा कर्मचारी अभाव छ, ती कार्यालयमा बढी कर्मचारी भएका कार्यालयबाट झिकेर पठाउन सरकारले ओएनएम गर्ने कार्यलाई तीव्रता दिइएको हो’, सहसचिव दाहालले भने। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: