Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

लालीगुराँस सहकारीको सात अर्बभन्दा बढी अपचलन

खबरडबली संवाददाता

काठमाडौं । सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको सहकारीका अध्यक्ष काठमाडौँ चुनदेवीका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचौरका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष काठमाडौँ लाजिम्पाटका अमृतकुमार अर्याल र सहकारीका सदस्य काठमाडौँ चाबहिलका कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई शुक्रबार राति पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २२ जिल्लामा २६ वटा शाखा विस्तार गरी प्रत्यक्ष चार हजार ५२८ सहित २२ हजारभन्दा बढी सर्वसाधारणको साढे छ अर्ब रुपियाँ अपचलन गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । 

सर्वसाधारणलाई आकर्षक ब्याज तथा आवश्यक परेका बेला सबै रकम र ऋणसमेत दिने प्रलोभनमा पारेर बचत गर्न लगाएको बचत रकम अनियमितता गरेर सहकारी सञ्चालक एक वर्षदेखि सम्पर्कविहीन थिए । प्रहरीले सिइओ भण्डारी शुक्रबार राति बालुवाटरस्थित एक विदेशीले सञ्चालन गर्ने होटलमा रहेको सूचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा अन्य चार जनालाई पनि पक्राउ गरेको जनाएको छ । अन्य पाँच जना फरार रहेकाले खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE