Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सत्ता ‘उथलपुथल’ को कसरत- प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो ?

खबरडबली संवाददाता

काठमाडौं । संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ ।

मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको भनाइ छ । ‘त्यो ठूलो विषय होइन, स्वयं एमाले अध्यक्ष ओलीले नै स्पष्ट एजेन्डा ल्याउनुभएको छ– संसद्को बाँकी कार्यकाल करिब साढे तीन वर्षलाई आधा–आधा गर्ने, प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउने । त्यस्तै प्रधानमन्त्रीको दलले तीन र सहयोगी दलले चार प्रदेशमा सरकारको नेतृत्व गर्ने । र, आधा समयपछि ठ्याक्कै उही सूत्रमा अर्को दललाई पालो दिने,’ उनीहरूको भनाइ छ ।

ओलीको प्रस्तावमा देउवा यसअघि नै सहमत भए पनि पहिलो पालो कसले पाउने भन्नेमा छलफल भइरहेको नेताहरूको भनाइ छ । ‘सरकारको नेतृत्वमा पहिलो पालो एमालेले पाउनुपर्ने उहाँहरूको दाबी छ तर कांग्रेसले पनि पहिलो पालो मागेको छ । तर अहिले सैद्धान्तिक विषयमै छलफल चलिरहेको छ,’ देउवानिकट नेताले भने ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई नेताबीचको भेटघाटले आपसी विश्वास बढाएको र संवादले राष्ट्रिय राजनीतिमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने बताए । ‘सरकारका कामप्रति जनता सन्तुष्ट नभएको अवस्था छ । बजेटलगायतका विषयमा सत्तारूढ दल एकमत छैनन्, एमाले र रास्वपाले नै बजेटको विरोध गरेका छन् ।

यो बीचमा दुई शीर्ष नेताको भेटले सरकारको काम ठीक छैन भन्ने निष्कर्ष निकालेको हो,’ विश्वकर्माले भने, ‘मुलुक संकटमा रहेका बेला एमाले र कांग्रेस मिल्ने गरेको इतिहास छ । अहिले पनि मिल्ने कुरा भएको हो । तर, सरकार ढाल्ने र बनाइहाल्ने निर्णयसम्म गइसकेको होइन ।’

ओली र कांग्रेस सभापति देउवाबीच शनिबार ओली निवास बालकोटमै करिब दुई घण्टा वार्ता भएको थियो । वार्तामा देउवा पत्नी आरजु पनि सहभागी थिइन् । त्यसअघि देउवा र ओलीबीच एक व्यवसायीको घरमा दुई पटकसम्म भेटवार्ता भएको थियो । ती भेटवार्ताले अविश्वास हटाउनेदेखि संविधान संशोधन र संविधान कार्यान्वयनको मुद्दामा समझदारी गरेर अघि बढ्न सैद्धान्तिक समझदारी नै बनाएको दाबी गरिएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल भने वर्तमान सत्ता समीकरण परिवर्तन नहुने दाबी गर्छन् । ‘समसामयिक विषयमा कांग्रेस सभपति र एमाले अध्यक्षबीचको भेट हुनु ठूलो कुरा होइन । त्यस्तो भेट उचित पनि हो, आवश्यक पनि हुन्छ,’ उनले यति मात्र भने ।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । तर, अहिले भने देउवा आफैं एमालेसँग सहकार्य गर्न अग्रसर भएका छन् । उनले आफ्नो सहयोगीका रूपमा नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकलाई परिचालन गरे पनि खास मुद्दामा आफैं ओलीसँग संवादमा छन् ।

एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् । ‘देउवा र ओलीलाई यसअघि एकअर्कामा अविश्वास थियो, वर्तमान गठबन्धन तलमाथि भएको अवस्थामा संविधानको धारा ७६ (३) अन्तर्गत ठूलो दलको नेताको हैसियतमा देउवा नै प्रधानमन्त्री हुन अघि सर्ने हुन् कि भन्ने थियो, देउवाजीलाई पनि एमालेले शेखर कोइरालालाई अघि सार्छ कि भन्ने थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यी अविश्वासलाई चिरेर अघि बढ्ने काम भएको छ ।’

सुरुदेखि नै दुई ठूला दलको समीकरणको पक्षमा रहेका कांग्रेस नेता रिजाल अश्विास हटाउँदै सहकार्य गरेर जान सकिने वातावरण बन्दै गरेको बताउँछन् । ‘संविधान संशोधनसहितको मुद्दामा समझदारी गरेर नयाँ समीकरण निर्माण गर्न कांग्रेस र एमाले नजिक हुने परिस्थिति बनिरहेको छ । संविधान कार्यान्वयनमा भएको अप्ठ्यारो फुकाउने र आवश्यक ठाउँमा संशोधन गर्नेतर्फ समझदारी गरेर जानुपर्छ, त्यसका लागि अहिले दुई दलबीच समन्वयको स्थिति बनिरहेको छ,’ रिजालले भने ।

तीन महिनाअघि नयाँ गठबन्धन बने पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सम्बन्ध चिसो हुँदै आएको छ । मूलतः धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष नियुक्त गर्ने प्रक्रियामा पनि दुई नेताबीच टकराव नै बनेको छ । ओलीले अघि सारेका उम्मेदवारलाई अध्यक्ष बनाउनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री दाहालले आफूनिकटका तीन जनालाई अन्तर्वार्तामा जान नदिएको एमाले पक्षको आरोप छ ।

कार्यविधिअनुसार तीन जनाको नाम पठाउनुपर्नेमा अन्तर्वार्तामा दुई जना मात्र सहभागी भएकाले सरकारले नियुक्ति प्रक्रिया नै रद्द गरेको छ । ओलीले यसैतर्फ संकेत गर्दै आइतबार एक कार्यक्रममा भने, ‘मैले सरकारतिर प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु– हामी सानातिना नियुक्ति, सरुवा, के जाति बढुवामा नअल्झिऊँ, पोलिसी म्याटरमा जाऊँ, छलफलमा जाऊँ ।’

उता, बजेटमा ‘जनयुद्ध’ राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीको आपत्ति थियो । ‘संविधान र शान्ति सम्झौतामा समेत जनयुद्ध शब्द स्वीकार नगरी सशस्त्र द्वन्द्व भनेर राखिएकामा बजेटमा ‘जनयुद्ध’ शब्द राखेर संविधानलाई उल्टाउने काम भयो,’ ओलीले आन्तरिक बैठकमा आपत्ति जनाएका थिए । तर पनि मूल बजेट पारित भइसकेको छ ।

नयाँ समीकरणका लागि देउवा र ओलीबीच संवाद बढिरहेको जानकारी पाएरै दाहालले असार ८ मा सार्वजनिक कार्यक्रममा आफ्नो पार्टीको ३२ सिटको संख्या ‘जादुमयी’ भएको बताएका थिए । त्यस्तै देउवा र ओलीमाथि दबाब बढाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरण फेरि उचालेको भन्दै दुवै दलका शीर्ष नेता सशंकित भएका छन् ।

भुटानी शरणार्थी प्रकरणमाथि पुनः छानबिन भन्दै सरकारले बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक थापालाई पक्राउ गरेको छ । उनीहरूमाथि कानुनतः अनुसन्धान गर्नेभन्दा एमाले र कांग्रेसका नेताहरू लक्षित प्रचार गरेर तर्साउने रणनीतिमा सरकार लागेको दुवै दलका नेताहरूको दाबी छ ।

देउवा–ओलीबीच शनिबार भएको वार्तापछि आइतबार सिंहदबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेट भएको थियो । करिब आधा घण्टा दाहाल र ओली भेटेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेसमेत सहभागी भएका थिए । देउवा–ओलीको भेटपछि सशंकित दाहालले त्यसबारेमा स्पष्ट हुन ओलीसँग संवाद गरेका हुन् । तर ओलीले सामान्य शिष्टाचारका लागि वार्ता भएको बताएका थिए । त्यसपछि आइतबार साँझ पनि ओली र देउवाबीच भेटवार्ता भएको कांग्रेस नेताहरूको भनाइ छ ।

उता, कांग्रेस नेता रामहरि खतिवडाले संविधान संशोधनका लागि एमालेसँग सहकार्य आवश्यक रहेको र त्यसमा कांग्रेस सकारात्मक रहेको बताए ।

‘०४६ सालको परिवर्तन कांग्रेस र एमाले मिलेर सम्भव भएको हो । संविधान जारी गर्दा पनि मिल्यौं, कार्यान्वयन पनि मिलेर गर्‍यौं । संविधान संशोधन गर्न पनि ठूला दल मिल्नै पर्छ,’ उनले भने, ‘अहिले पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्न हाम्रो पार्टी सभापति तयार नै हुनुहुन्छ । अहिलेको समाजमा देखिएको समग्र निराशालाई आशामा बदल्न एमालेसहित सबै दलसँग सहकार्य गरेर कांग्रेस अघि बढ्न तयार छ ।’ यो समाचार आजको कान्तिपूर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending