Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

सत्ता ‘उथलपुथल’ को कसरत- प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो ?

खबरडबली संवाददाता

काठमाडौं । संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ ।

मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको भनाइ छ । ‘त्यो ठूलो विषय होइन, स्वयं एमाले अध्यक्ष ओलीले नै स्पष्ट एजेन्डा ल्याउनुभएको छ– संसद्को बाँकी कार्यकाल करिब साढे तीन वर्षलाई आधा–आधा गर्ने, प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउने । त्यस्तै प्रधानमन्त्रीको दलले तीन र सहयोगी दलले चार प्रदेशमा सरकारको नेतृत्व गर्ने । र, आधा समयपछि ठ्याक्कै उही सूत्रमा अर्को दललाई पालो दिने,’ उनीहरूको भनाइ छ ।

ओलीको प्रस्तावमा देउवा यसअघि नै सहमत भए पनि पहिलो पालो कसले पाउने भन्नेमा छलफल भइरहेको नेताहरूको भनाइ छ । ‘सरकारको नेतृत्वमा पहिलो पालो एमालेले पाउनुपर्ने उहाँहरूको दाबी छ तर कांग्रेसले पनि पहिलो पालो मागेको छ । तर अहिले सैद्धान्तिक विषयमै छलफल चलिरहेको छ,’ देउवानिकट नेताले भने ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुई नेताबीचको भेटघाटले आपसी विश्वास बढाएको र संवादले राष्ट्रिय राजनीतिमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने बताए । ‘सरकारका कामप्रति जनता सन्तुष्ट नभएको अवस्था छ । बजेटलगायतका विषयमा सत्तारूढ दल एकमत छैनन्, एमाले र रास्वपाले नै बजेटको विरोध गरेका छन् ।

यो बीचमा दुई शीर्ष नेताको भेटले सरकारको काम ठीक छैन भन्ने निष्कर्ष निकालेको हो,’ विश्वकर्माले भने, ‘मुलुक संकटमा रहेका बेला एमाले र कांग्रेस मिल्ने गरेको इतिहास छ । अहिले पनि मिल्ने कुरा भएको हो । तर, सरकार ढाल्ने र बनाइहाल्ने निर्णयसम्म गइसकेको होइन ।’

ओली र कांग्रेस सभापति देउवाबीच शनिबार ओली निवास बालकोटमै करिब दुई घण्टा वार्ता भएको थियो । वार्तामा देउवा पत्नी आरजु पनि सहभागी थिइन् । त्यसअघि देउवा र ओलीबीच एक व्यवसायीको घरमा दुई पटकसम्म भेटवार्ता भएको थियो । ती भेटवार्ताले अविश्वास हटाउनेदेखि संविधान संशोधन र संविधान कार्यान्वयनको मुद्दामा समझदारी गरेर अघि बढ्न सैद्धान्तिक समझदारी नै बनाएको दाबी गरिएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल भने वर्तमान सत्ता समीकरण परिवर्तन नहुने दाबी गर्छन् । ‘समसामयिक विषयमा कांग्रेस सभपति र एमाले अध्यक्षबीचको भेट हुनु ठूलो कुरा होइन । त्यस्तो भेट उचित पनि हो, आवश्यक पनि हुन्छ,’ उनले यति मात्र भने ।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । तर, अहिले भने देउवा आफैं एमालेसँग सहकार्य गर्न अग्रसर भएका छन् । उनले आफ्नो सहयोगीका रूपमा नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकलाई परिचालन गरे पनि खास मुद्दामा आफैं ओलीसँग संवादमा छन् ।

एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् । ‘देउवा र ओलीलाई यसअघि एकअर्कामा अविश्वास थियो, वर्तमान गठबन्धन तलमाथि भएको अवस्थामा संविधानको धारा ७६ (३) अन्तर्गत ठूलो दलको नेताको हैसियतमा देउवा नै प्रधानमन्त्री हुन अघि सर्ने हुन् कि भन्ने थियो, देउवाजीलाई पनि एमालेले शेखर कोइरालालाई अघि सार्छ कि भन्ने थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यी अविश्वासलाई चिरेर अघि बढ्ने काम भएको छ ।’

सुरुदेखि नै दुई ठूला दलको समीकरणको पक्षमा रहेका कांग्रेस नेता रिजाल अश्विास हटाउँदै सहकार्य गरेर जान सकिने वातावरण बन्दै गरेको बताउँछन् । ‘संविधान संशोधनसहितको मुद्दामा समझदारी गरेर नयाँ समीकरण निर्माण गर्न कांग्रेस र एमाले नजिक हुने परिस्थिति बनिरहेको छ । संविधान कार्यान्वयनमा भएको अप्ठ्यारो फुकाउने र आवश्यक ठाउँमा संशोधन गर्नेतर्फ समझदारी गरेर जानुपर्छ, त्यसका लागि अहिले दुई दलबीच समन्वयको स्थिति बनिरहेको छ,’ रिजालले भने ।

तीन महिनाअघि नयाँ गठबन्धन बने पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सम्बन्ध चिसो हुँदै आएको छ । मूलतः धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष नियुक्त गर्ने प्रक्रियामा पनि दुई नेताबीच टकराव नै बनेको छ । ओलीले अघि सारेका उम्मेदवारलाई अध्यक्ष बनाउनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री दाहालले आफूनिकटका तीन जनालाई अन्तर्वार्तामा जान नदिएको एमाले पक्षको आरोप छ ।

कार्यविधिअनुसार तीन जनाको नाम पठाउनुपर्नेमा अन्तर्वार्तामा दुई जना मात्र सहभागी भएकाले सरकारले नियुक्ति प्रक्रिया नै रद्द गरेको छ । ओलीले यसैतर्फ संकेत गर्दै आइतबार एक कार्यक्रममा भने, ‘मैले सरकारतिर प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु– हामी सानातिना नियुक्ति, सरुवा, के जाति बढुवामा नअल्झिऊँ, पोलिसी म्याटरमा जाऊँ, छलफलमा जाऊँ ।’

उता, बजेटमा ‘जनयुद्ध’ राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीको आपत्ति थियो । ‘संविधान र शान्ति सम्झौतामा समेत जनयुद्ध शब्द स्वीकार नगरी सशस्त्र द्वन्द्व भनेर राखिएकामा बजेटमा ‘जनयुद्ध’ शब्द राखेर संविधानलाई उल्टाउने काम भयो,’ ओलीले आन्तरिक बैठकमा आपत्ति जनाएका थिए । तर पनि मूल बजेट पारित भइसकेको छ ।

नयाँ समीकरणका लागि देउवा र ओलीबीच संवाद बढिरहेको जानकारी पाएरै दाहालले असार ८ मा सार्वजनिक कार्यक्रममा आफ्नो पार्टीको ३२ सिटको संख्या ‘जादुमयी’ भएको बताएका थिए । त्यस्तै देउवा र ओलीमाथि दबाब बढाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरण फेरि उचालेको भन्दै दुवै दलका शीर्ष नेता सशंकित भएका छन् ।

भुटानी शरणार्थी प्रकरणमाथि पुनः छानबिन भन्दै सरकारले बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक थापालाई पक्राउ गरेको छ । उनीहरूमाथि कानुनतः अनुसन्धान गर्नेभन्दा एमाले र कांग्रेसका नेताहरू लक्षित प्रचार गरेर तर्साउने रणनीतिमा सरकार लागेको दुवै दलका नेताहरूको दाबी छ ।

देउवा–ओलीबीच शनिबार भएको वार्तापछि आइतबार सिंहदबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेट भएको थियो । करिब आधा घण्टा दाहाल र ओली भेटेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेसमेत सहभागी भएका थिए । देउवा–ओलीको भेटपछि सशंकित दाहालले त्यसबारेमा स्पष्ट हुन ओलीसँग संवाद गरेका हुन् । तर ओलीले सामान्य शिष्टाचारका लागि वार्ता भएको बताएका थिए । त्यसपछि आइतबार साँझ पनि ओली र देउवाबीच भेटवार्ता भएको कांग्रेस नेताहरूको भनाइ छ ।

उता, कांग्रेस नेता रामहरि खतिवडाले संविधान संशोधनका लागि एमालेसँग सहकार्य आवश्यक रहेको र त्यसमा कांग्रेस सकारात्मक रहेको बताए ।

‘०४६ सालको परिवर्तन कांग्रेस र एमाले मिलेर सम्भव भएको हो । संविधान जारी गर्दा पनि मिल्यौं, कार्यान्वयन पनि मिलेर गर्‍यौं । संविधान संशोधन गर्न पनि ठूला दल मिल्नै पर्छ,’ उनले भने, ‘अहिले पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्न हाम्रो पार्टी सभापति तयार नै हुनुहुन्छ । अहिलेको समाजमा देखिएको समग्र निराशालाई आशामा बदल्न एमालेसहित सबै दलसँग सहकार्य गरेर कांग्रेस अघि बढ्न तयार छ ।’ यो समाचार आजको कान्तिपूर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending