Ntc summer Offer
Khabar Dabali २० असार २०८१ बुधबार | 3rd July, 2024 Wed
NIMB

सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको बिजेता

खबरडबली संवाददाता

काठमाडौं । पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको  फाईनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए । ती सबैलाई विभिन्न चरणको नृत्यमा उछिनेर सृष्टी उत्कृष्ट भएकी हुन् ।

सृष्टीले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरिन् । सो अन्तिम प्रतियोगितामा दोश्रो पुरस्कार काठमाडौंकी प्रगति पोखरेलले र तेश्रो पुरस्कार बबिता मगरले हाँसिल गरिन् । उनीहरुले क्रमश ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरे ।

यो प्रतियोगितामा कही प्रत्यक्ष र कही डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाईनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको थियो । प्रतियोगितामा फाईनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नकालागि पूर्ण छात्राबृत्ति पाएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष एवम् प्राज्ञ महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभएर औपचारिक शिक्षाको एउटा विषय हो भन्ने कुरा स्कुलदेखि कलेजसम्म स्थापित गराउन यो प्रतियोगिता आयोजना गरेको बताए । पाँच वर्षदेखि आयोजना हुँदै आएको यो राष्ट्रव्यापी प्रतियोगिताले समाजमा नृत्यको महत्वलाई अझ ओझिलो बनाएको पनि उनले कार्यक्रममा प्रकाश पारे ।

यो प्रतियोगिताको फाईलन प्रतिस्पर्धामा नृत्यनिर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत निर्णायक थिए । सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानित गरियो । कार्यक्रममा संगीत रत्न शम्भुजीत बासकोटालाई संगीत रत्न सम्मानबाट सम्मानित गरियो । 

यस्तै प्रा‍ हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदूर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशिल चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई संगीत सम्मान र नृत्यकार स्वजन रघुबंशीलाई बज्रयोगिनी नृत्य उर्जा सम्मानबाट सम्मानित गरियो ।

सोही समारोहमा ‘प्लस टु डान्स च्याम्पियनसिप’को पनि घोषणा गरियो । यसको अडिसन आगामी भदौबाट सुरु हुने यसका आयोजक एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा जानकारी गराए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई हुदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुदै छ । यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल...

नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराक...

बुधबार सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  ...

काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जमिन भासिँदा मध्य सडकमा ठूलो खाल्डो बनेको छ । सडक भासिँदा बीच सडकमा इनार जस्तो खाल्डो बनेको हो । बिहान साढे ५ ब...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष के...

मुखमा कालो टेप लगाएर बैठकमा छुः रास्वपा महामन्त्री ढकाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।...

मकैबालीमा फौजी कीरा लाग्दा धादिङको खनियाबासका किसान चिन्तित

धादिङ ।  धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि ...

एमाले सचिवालय बैठकले के गर्यो निर्णय

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले काँग्रेस–एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरे...

नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा दुई भारतीय पक्राउ

नवलपरासी पश्चिम  । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पकाउ पर्नेमा मुम्बईका २४ वर्षीय निर्सग रविन्...

एमालेले लगायो प्रचण्डले कांग्रेससँग मिलेर वैकल्पिक सरकार बनाउन खोजेको आरोप

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ। एमालेको सचिवालय बैठकपछि नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy