Ntc summer Offer
Khabar Dabali २२ असार २०८१ शुक्रबार | 5th July, 2024 Fri
NIMB

मकैबालीमा फौजी कीरा लाग्दा धादिङको खनियाबासका किसान चिन्तित

खबरडबली संवाददाता

धादिङ ।  धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।

वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निराश बनेका छन्। ‘वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ’, झार्लाङका स्थानीय नासुन तामाङले भनिन्, ‘महामारीको चक्रमा त फस्यौँ नै। बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।’

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो। ‘दिनदिनै कीराको प्रकोप बढेको छ। औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन। चिमोट्दै मार्दै गरेका छौँ। तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ’, तामाङले भनिन्।

आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउँछिन्।

‘फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ’, तिवारीले भनिन्, ‘केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ। थोरै मात्रै क्षति पु–याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

बुटवल । भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय...

जुम्लामा चट्याङ लागेर ५४ भेडा मरे

जुम्ला । जुम्लामा चट्याङ लागेर ५४ भेडा मरेका छन् । जिलको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ व...

निरन्तरको वर्षाले पहिरो जाँदा पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ। कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड ...

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। यस साझेदार...

सरकारले तोक्यो धानको मूल्य

काठमाडौं। सरकारले धानको मूल्य तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धानको मूल्य तोकेको हो। बैठकले आर्थिक वर्ष २...

हरित आवास कर्जा प्रवाह गर्न ग्लोबल आइएमई र भूमि डेभलपर्सबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा।लि। तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा ...

मकैबालीलाई अमेरिकन फौजी कीराले नष्ट गर्दा किसान चिन्तित

बैतडी । अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदार...

कडाइका साथ काम गर्न गृहमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिर...

कैलालीमा बाढीले धेरै बस्ती डुबानमा, भजनी नगरपालिका जलमग्न

कैलाली । कैलालीमा कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ । ...

बागमतीमा आर्थिक अपराधका घटना बढे

हेटौँडा   । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy