Ntc summer Offer
Khabar Dabali २२ असार २०८१ शुक्रबार | 5th July, 2024 Fri
NIMB

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार ?

खबरडबली संवाददाता

काठमाडौँ । संसदका दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

तर त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ । तर माओवादी केन्द्रले मंगलबार तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । जस अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन एक महिनाको समय पाउने छन् ।

राजनीतिक वृतमा प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुको अर्थ संबैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रियामा रहेको बुझ्न सकिन्छ । अहिलेको सरकार संबिधानको धारा ७६ को उपधारा २ अनुसार बनेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा नयाँ सरकार बन्ने प्रक्रिया ७६ को उपधारा ३ अनुसार शुरु हुने बुझाई रहेको छ । उपधारा ३ अनुसार संसद्को ठुलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था हो । प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर तत्काल एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको जस्तो देखिन्छ ।

तर कानुनका ज्ञाताहरुले भने विकल्प भएसम्म संबिधानको धारा ७६ को २ अनुसार दुई वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने बताएका छन् । यसका लागि उनीहरुले सर्वोच्च अदालतले कोशी प्रदेश र गण्डकी प्रदेशको सरकारको विषयमा दिएका आदेशलाई नजीर बनाएका छन् ।

जस अनुसार वैकल्पिक सरकार बनाउने सम्भावना रहेसम्म अर्को धारामा जान वा उही धारा अनुसार सरकार बनाउन सकिने भन्ने रहेको छ ।

संबिधानका ज्ञाता र वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि संबिधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्न सक्ने बताउछन् । उनले भनेका छन्- 'संविधानको सिधा अर्थ धारा ७६ को उपधारा (२) पश्चात उपधारा ३) र उपधारा ३) पश्चात उपधारा ५) को सरकार नै भन्ने हो । तर, सर्वोच्च अदालतले वैकल्पिक सरकारको संभावना भएसम्म अर्को धारामा जान वा उही उपधारा अन्तर्गत अर्को सरकार बनाउन सकिने दुबै बाटो खुला गरिदिएकोले त्यसलाई मान्नु पर्ने देखियो ।'

यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा कुनै एक दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन एक महिनाको समय पाउछन् । तर अहिलेको अवस्थामा प्रधानमन्त्रीले सो समय लिने बुझेर एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भनेको छ र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छैन । यो एमालेको रणनीतिक निर्णय हो । यसले प्रधानमन्त्रीलाई आफ्नो राजनीतिक साख बचाउन र भविष्यमा फेरी सहकार्य गर्ने ठाउ राखिराख्न अवसर दिएको रुपमा बुझ्न सकिन्छ ।

तर प्रधानमन्त्रीले यस अवसरको सदुपयोग नगरेर विश्वासको मत लिने जिद्धि गरेमा भने राजनीति केहि महिना अघि कोशीमा दोहोरिएको घटना दोहोरिन सक्ने देखिन्छ । प्रधानमन्त्रीले राजीनामा नदिएमा कांग्रेस-एमालेसहित दुई तिहाई भन्दा बढी सांसदले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएर राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने बाटोमा राजनीति जाने जानकार बताउछन् । कोशीमा पनि अल्पमतमा परेका तत्कालिन मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएपछि प्रदेश प्रमुखले बहुमत सदस्यको हस्ताक्षर सनाखत गरेर नयाँ सरकार गठन गरेका थिए, जसलाई सर्वोच्च अदालतले समेत संबिधान सम्मत भएको व्याख्या गरको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीसो कथा

चीसो कथा  अलिकति बाँच्न भनेर  जन्मिएको मानिस  अलिअलि गर्दै मर्दै जान्छ  पुरिने गरी पूरा नमर्दा सम्म ! अलिकती मर्छ- ‘कमाइनस्’ भन्ने  परिवारका ला...

चलचित्र ‘माइली’को एकसाथ दुई गीत रेकर्ड

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ ।...

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्योः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । ...

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको   छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण ...

अग्नि सापकोटाविरुद्धको रिटको फैसला साउन २३ गते हुने

काठमाडौं । सर्वोच्च अदालतले  पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसलाको मिति  साउन २३ को नयाँ मिति तोकेको छ...

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११: १५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको ...

शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने

प्युठान । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रक...

अज्ञात व्यक्तिको कुटपिटबाट एकजनाको मृत्यु, तीनजना घाइते

पाँचथर  । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईक...

सुनचाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

बुटवल । भारतबाट लुकाएर ल्याउँदै गरेको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् । भारतको महाराजगन्ज जिल्ला सनपतिया बस्ने ३५ वर्षीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy