बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ। कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ।
बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो। उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्याएको छ । उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ। ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्याएको हो।
कतिपय स्थानमा सडकको कालोपत्र बगाएको र पहिरोले सडक नै बगाएर क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ। आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिए । उनले क्षतिको विवरण संकलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताए।
हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ। गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ। एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ। काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पुर्याएको छ।
बर्सात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८१ - १५:१८
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भूटानी शरणार्थी र गिरिबन्धु टि स्टेट प्रकरण ढाकछोप गर्नका लागि काँग्रेस–एमालेबीच सहक...
आषाढ़ २४ गते, २०८१ - १५:१०
दिपायल । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थान ग...
आषाढ़ २४ गते, २०८१ - १५:०७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछान...
आषाढ़ २४ गते, २०८१ - १४:४५
काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको सं...
आषाढ़ २४ गते, २०८१ - १४:४१
केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा पनि तालबन्दी
आषाढ़ २४ गते, २०८१ - १४:१२
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटत...
आषाढ़ २४ गते, २०८१ - १४:०८
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस(एमालेबीच...
आषाढ़ २४ गते, २०८१ - १३:५०
काठमाडौं । मनसुनी विपद्मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ । बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले ...
आषाढ़ २४ गते, २०८१ - १३:४३
चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बा...
आषाढ़ २४ गते, २०८१ - १३:४१
काठमाडौं । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्य...
प्रतिकृया लेख्नुहोस्: