Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एमालेका मन्त्रीहरुले दिए सामूहिक राजीनामा

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (एमाले) बाट सरकारमा सहभागी ८ जना मन्त्रीले सामूहिक  राजीनामा दिएका छन् । एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।

एमाले अध्यक्ष ओलीसहित मन्त्रीहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा र समर्थन फिर्ताको पत्र बुझाएको एमालेका एक नेताले जानकारी दिए । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट  रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन्।

यसैगरी राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरपालिकाले तोकेको एक लाख जरिवाना एमालेले नतिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...

नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...

सुर्खेतमा जिप दुर्घटना हुदाँ १४ जना घाइते

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...

सुनको मूूल्यमा लगातार बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

मनकामना केबलकार २७ औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको यस केलबार ह...

पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ

चितवन । मानव बेचबिखन आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै भारत पठाउन लागेको अवस्थामा जिल्ला ...

काठमाडाैंमा गोलभेडा ९० रुपैयाँ प्रतिकेजि हुँद आलु ६५ रुपैयाँ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अन...

राजधानीमा विप्लव नेतृत्वको नेकपाको जनप्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्‍याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...

‘धान जोन’ मै घट्यो धानकाे उत्पादन

काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy